Day: २०८२ मंसिर ११, बिहीबार १८:०४

हेटौंडा–४ मा सडक स्तरीकरण अन्तिम चरणमा, २ सय घरधुरी लाभान्वित हुने

हेटौंडा–४ मा सडक स्तरीकरण अन्तिम चरणमा, २ सय घरधुरी लाभान्वित हुने

हेटौंडा, मंसिर ११ गते । हेटौंडा उपमहानगरपालिका–४ मा नगरविकास रोडदेखि हेटौंडा क्याम्पससम्मको सडक स्तरीकरण कार्य अन्तिम चरणमा पुगेको छ। करिब ४ मिटर चौडाइ रहेको सडकलाई ६ मिटरमा विस्तार गर्ने, सडकबीचका विद्युत् पोल सार्ने तथा दुबै तर्फ खानेपानी र ढल व्यवस्थापन गर्ने काम पूरा भइसकेको वडाध्यक्ष नवीन सिग्देलले जानकारी दिएका छन्। उनका अनुसार सडक फराकिलो बनाउन तथा निर्माण कार्य सहज बनाउन घरअगाडिको भाग सहयोग स्वरूप उपलब्ध गराउने स्थानीयवासीप्रति वडा कार्यालयले आभार व्यक्त गरेको छ। ढल निर्माणसमेत सम्पन्न भएपछि करिब २ सय घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुने र सडकमा पानी जमेर आवत–जावतमा पर्ने समस्या समाधान हुने वडाध्यक्ष सिग्देलले बताएका छन्। हजारौँ विद्यार्थी…
Read More
प्रधानमन्त्रीको सचिवालयमा पारिवारिक नियुक्तिको आरोपबारे भैरव समूहद्वारा छानबिनको माग

प्रधानमन्त्रीको सचिवालयमा पारिवारिक नियुक्तिको आरोपबारे भैरव समूहद्वारा छानबिनको माग

काठमाडौं, मंसिर ११ गते । प्रधानमन्त्रीको सचिवालयमा हाल देखिएको पारिवारिक नियुक्ति सम्बन्धी विवादले देशभर गम्भीर बहस र चिन्ता उत्पन्न गरेको छ। विशेषगरी प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठद्वारा आफ्नै श्रीमतीका नातेदारलाई सचिवालयमा नियुक्त गरिएको आरोप सार्वजनिक भएपछि राजनीतिक तथा प्रशासनिक नैतिकताबारे प्रश्न उठेको छ। भैरव समूहका संयोजक दिभेश शाक्य र सामाजिक अभियन्ता विशालराज महतले संयुक्त रुपमा जारी गरेको धारणा अनुसार, सचिवालयजस्तो संवेदनशील संरचनामा हुने कुनै पनि नियुक्ति पूर्ण रूपमा पारदर्शी, निष्पक्ष र मेरिटोक्रेसीमा आधारित हुनुपर्छ। उनीहरूका अनुसार उठेका आरोपले सरकारको नैतिक विश्वसनीयता, संस्थागत मर्यादा र नागरिक भरोसामा प्रत्यक्ष असर पार्न सक्छ। उनले तत्काल, निष्पक्ष र तथ्यगत छानबिनको माग गर्दै भने,…
Read More
हेटौडाको दिव्य सेवा निकेतनमा दलित मिलिजुली बहुउद्देश्य उद्यमी समूहद्वारा खाजा वितरण तथा न्यानो कपडा

हेटौडाको दिव्य सेवा निकेतनमा दलित मिलिजुली बहुउद्देश्य उद्यमी समूहद्वारा खाजा वितरण तथा न्यानो कपडा

हेटौडा, मंसिर ११ गते । दलित मिलिजुली बहुउद्देश्य उद्यमी समूह हेटौडा–८, २०८० ले हिजो हेटौडा–१५, दमारटोल रातोमाटेस्थित दिव्य सेवा निकेतन ज्येष्ठ नागरिक आश्रममा रहनुभएका ज्येष्ठ आमाबुबालाई खाजा खुवाउने तथा जाडोको लागि न्यानो कपडा र दोसल्ला प्रदान गर्ने कार्यक्रम सम्पन्न गरेको छ। दीपावली लक्षित विशेष देउसी–भैलो कार्यक्रममार्फत संकलित रकमलाई सामाजिक सेवामा उपयोग गर्दै मानव सेवा भाव प्रस्तुत गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको समूहले जानकारी दिएको छ। कार्यक्रम समूहका सल्लाहकार तथा संयोजक रामबहादुर दुलालले सञ्चालन गरेका थिए। दुई वर्षको अवधिमा समूहले दलित समुदायले भोग्दै आएको वर्गीय तथा जातीय विभेदविरुद्ध संगठनात्मक रूपमा आवाज उठाउँदै व्यवहारमा सेवा–कार्यमार्फत नयाँ उदाहरण स्थापित गरिरहेको दुलालले बताए। उनले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.