हेटौडाको दिव्य सेवा निकेतनमा दलित मिलिजुली बहुउद्देश्य उद्यमी समूहद्वारा खाजा वितरण तथा न्यानो कपडा

हेटौडा, मंसिर ११ गते । दलित मिलिजुली बहुउद्देश्य उद्यमी समूह हेटौडा–८, २०८० ले हिजो हेटौडा–१५, दमारटोल रातोमाटेस्थित दिव्य सेवा निकेतन ज्येष्ठ नागरिक आश्रममा रहनुभएका ज्येष्ठ आमाबुबालाई खाजा खुवाउने तथा जाडोको लागि न्यानो कपडा र दोसल्ला प्रदान गर्ने कार्यक्रम सम्पन्न गरेको छ।

दीपावली लक्षित विशेष देउसी–भैलो कार्यक्रममार्फत संकलित रकमलाई सामाजिक सेवामा उपयोग गर्दै मानव सेवा भाव प्रस्तुत गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको समूहले जानकारी दिएको छ।

कार्यक्रम समूहका सल्लाहकार तथा संयोजक रामबहादुर दुलालले सञ्चालन गरेका थिए। दुई वर्षको अवधिमा समूहले दलित समुदायले भोग्दै आएको वर्गीय तथा जातीय विभेदविरुद्ध संगठनात्मक रूपमा आवाज उठाउँदै व्यवहारमा सेवा–कार्यमार्फत नयाँ उदाहरण स्थापित गरिरहेको दुलालले बताए।

उनले भने, “कामको आधारमा वर्गीय विभाजनलाई टेकेर जातीय विभेद सिर्जना गरिएको छ। छात्रवृत्तिमा कोटा, वृद्धभत्तामा फरक–फरक उमेर—यी नीतिगत निर्णयहरू स्वयं राज्यबाटै भएको संरचनागत विभेदका उदाहरण हुन्। हामी सबै एउटै रगतका नेपाली हौं, तर राज्यले कुकुरलाई पनि मान्छेभन्दा माथि जस्तै दर्जा दिने गरी विभेदपूर्ण व्यवहार देखाइरहेको छ।”

उनका अनुसार दलित समुदायका व्यक्तिले सीप र क्षमताका आधारमा अघि बढ्न खोज्दा पनि शक्ति संरचनाले दबाब सिर्जना गरिरहेकाले समान अवसर प्राप्त गर्न कठिन अवस्था रहेको छ।

कार्यक्रमकी विशेष अतिथि तथा हेटौडा–८ की वडा सदस्य रिता मग्रान्तीले देउसी–भैलोबाट संकलित रकम ज्येष्ठ नागरिकको सेवामा लगानी गर्नु नै सभ्य समाज निर्माणतर्फको प्रगतिशील कदम भएको बताइन्।

उनले भनिन्, “बाल्यकालदेखि नै सेवा र कर्तव्यबोध सिकाउन सके भोलिका पुस्ताले अभिभावकको सम्मान गर्न सक्छन्। आफूलाई जन्म दिने बुबाआमालाई छाडेर पत्थर पूजेर पुण्य खोज्नु मूर्खता हो। मानव भएर जन्मिएका हामीले मानवताका साथ जीवन बिताउनुपर्छ।”

उनले अभिभावकत्व पूरा गरे पनि सन्तानले कर्तव्य नपुर्‍याउँदा धेरैजना इबामा आश्रमसम्म आउन बाध्य भएको बताउँदै समाजले यस्तो अवस्थाबाट पाठ सिक्नुपर्नेमा जोड दिइन्।

कार्यक्रममा दिव्य सेवा निकेतनका केन्द्रीय अध्यक्ष तेजराम निरौला, प्रमुख संरक्षिका सुनिता बाई भट्ट, उपाध्यक्ष शुभलक्ष्मी वाइबा, हिमालय टेलिभिजनकी संवाददाता जमुना थिङ, तथा रेडियो भरोसा र राप्ती खबर अनलाइनका प्रबन्ध निर्देशक सशान्त तामाङलगायतको उपस्थिति थियो।

कार्यक्रमको अन्त्यमा समूहका महिलाले आश्रममा रहेका सबै बुवाआमालाई खाजा–नास्ता, पछ्यौरा र गलबन्दी हस्तान्तरण गर्दै सम्मान व्यक्त गरेका थिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौडाको दिव्य सेवा निकेतनमा दलित मिलिजुली बहुउद्देश्य उद्यमी समूहद्वारा खाजा वितरण तथा न्यानो कपडा

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

हेटौडाको दिव्य सेवा निकेतनमा दलित मिलिजुली बहुउद्देश्य उद्यमी समूहद्वारा खाजा वितरण तथा न्यानो कपडा

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

हेटौडाको दिव्य सेवा निकेतनमा दलित मिलिजुली बहुउद्देश्य उद्यमी समूहद्वारा खाजा वितरण तथा न्यानो कपडा

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

हेटौडाको दिव्य सेवा निकेतनमा दलित मिलिजुली बहुउद्देश्य उद्यमी समूहद्वारा खाजा वितरण तथा न्यानो कपडा

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

हेटौडाको दिव्य सेवा निकेतनमा दलित मिलिजुली बहुउद्देश्य उद्यमी समूहद्वारा खाजा वितरण तथा न्यानो कपडा

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

हेटौडाको दिव्य सेवा निकेतनमा दलित मिलिजुली बहुउद्देश्य उद्यमी समूहद्वारा खाजा वितरण तथा न्यानो कपडा

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.