महेन्द्र राजमार्ग–त्रिभुवन राजपथ विस्तार तत्काल कार्यान्वयन गर्न ११ राजनीतिक दलको संयुक्त दबाब

हेटौंडा, मंसिर १४ गते । मकवानपुरका ११ विभिन्न राजनीतिक दल र समूहहरूले संयुक्त रूपमा प्रमुख जिल्ला अधिकारीमार्फत जिल्ला प्रशासन कार्यालयलाई दबावमूलक ध्यानाकर्षण पत्र बुझाउँदै महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडक विस्तार कार्य तत्काल अघि बढाउन माग गरेका छन्।

दशकौँदेखि सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रका मुद्दामा संघर्ष गर्दै आएको जनाउँदै उनीहरूले ५० वर्षअघि नै तय गरिएको बीच–रेखादेखि दायाँबायाँ २५–२५ गज सडक विस्तार मापदण्डलाई अब सूचना मात्र नभई कार्यान्वयनको चरणमा लैजानुपर्ने आवश्यकता औँल्याएका छन्।

सडक सीमाभित्र पर्ने वास्तविक पीडितलाई मुआब्जाको व्यवस्था गर्न, जिल्ला तथा नगरभित्रका सार्वजनिक जमिनको सीमाङ्कन गरी संरक्षण गर्न र वास्तविक सुकुम्बासी पहिचान गरी व्यवस्थापनमा सरकार गम्भीर बन्नुपर्ने उनीहरूको माग छ।

त्यसैगरी मापदण्ड विपरित भइरहेको गिट्टी–बालुवा उत्खनन, प्राकृतिक सौन्दर्य र जनजीवन मास्ने अवैध क्रियाकलाप तथा लागूऔषध ओसारपसार–बिक्री वितरण पूर्णरूपमा रोक्न प्रशासनले कडा कदम चाल्नुपर्ने माग पनि ज्ञापनपत्रमा उल्लेख छ।

संयुक्त हस्ताक्षर सहित ध्यानाकर्षण पत्र बुझाउने दलहरूमा नेपाल कम्युनिस्ट पार्टी माओवादीका मकवानपुर सेक्रेटरी पेमा सी, क्रान्तिकारी कम्युनिस्ट पार्टीका सेक्रेटरी सद्दाम हुसेन, नेकपा बहुमतका प्रेम तितुङ, नेकपा क्रान्तिकारी केन्द्रका विक्रम मगर, नेकपा मालेका सहसचिव हरिकृष्ण अधिकारी, नेपाल कम्युनिस्ट पार्टी मकवानपुरका संयोजक माननाथ तिमल्सिना, उज्यालो नेपाल पार्टीका विकास वाइबा, श्रम संस्कृति पार्टीका इन्चार्ज युनेश लामा, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उत्तम गम्जा, राष्ट्रिय जनमोर्चाका संयोजक ओविन्द्र बहादुर लुइटेल तथा जसपाका जिल्ला अध्यक्ष दीपक सिन्तान लगायत सहभागी रहेका छन्।

उनीहरूले प्रशासनलाई बुझाएको ज्ञापनपत्रमा तत्काल कार्यान्वयन, छिटो निर्णय प्रक्रिया र जनसमस्याका मुद्दामा ठोस कदम चाल्न आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

महेन्द्र राजमार्ग–त्रिभुवन राजपथ विस्तार तत्काल कार्यान्वयन गर्न ११ राजनीतिक दलको संयुक्त दबाब

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

महेन्द्र राजमार्ग–त्रिभुवन राजपथ विस्तार तत्काल कार्यान्वयन गर्न ११ राजनीतिक दलको संयुक्त दबाब

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

महेन्द्र राजमार्ग–त्रिभुवन राजपथ विस्तार तत्काल कार्यान्वयन गर्न ११ राजनीतिक दलको संयुक्त दबाब

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

महेन्द्र राजमार्ग–त्रिभुवन राजपथ विस्तार तत्काल कार्यान्वयन गर्न ११ राजनीतिक दलको संयुक्त दबाब

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

महेन्द्र राजमार्ग–त्रिभुवन राजपथ विस्तार तत्काल कार्यान्वयन गर्न ११ राजनीतिक दलको संयुक्त दबाब

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

महेन्द्र राजमार्ग–त्रिभुवन राजपथ विस्तार तत्काल कार्यान्वयन गर्न ११ राजनीतिक दलको संयुक्त दबाब

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.