Day: २०८२ मंसिर १४, आईतवार २३:५६

हेटौडामा सडक विस्तारका लागि संरचना हटाउन प्रशासनको आग्रह, अवरोध नगर्न सर्वसाधारणलाई अनुरोध

हेटौडामा सडक विस्तारका लागि संरचना हटाउन प्रशासनको आग्रह, अवरोध नगर्न सर्वसाधारणलाई अनुरोध

हेटौडा, मंसिर १४ गते । मकवानपुर जिल्ला प्रशासन कार्यालय, हेटौडाले हेटौडा उपमहानगरपालिकाको प्रमुख सडक खण्ड विस्तारका लागि आवश्यक संरचना हटाउन सर्वसाधारणको सहयोगको आग्रह गरेको छ। सडक डिभिजनले मंसिर ५ गते सार्वजनिक सूचना जारी गर्दै रातो माटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म तथा बुद्धचोकदेखि सामरी पुलसम्म सडक केन्द्रदेखि दायाँबायाँ ७५–७५ फिटभित्र पर्ने स्थायी तथा अस्थायी संरचना हटाउन अनुरोध गरेको थियो। सोही सूचनाको कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जारी अत्यन्त जरुरी सूचनामार्फत राजनीतिक दल, स्थानीय तहका जनप्रतिनिधि, गैसस, नागरिक समाज, उद्योगी व्यवसायी, सञ्चारकर्मी तथा आम नागरिक सबैलाई सहयोग र समन्वयका लागि आग्रह गरेका छन्। प्रजिअ अधिकारीका अनुसार सुन्दर, सफा, समृद्ध…
Read More
हेटौडामा सडक विस्तारका सबै तयारी पूरा : मंसिर २० गतेदेखि काम सुरु हुने सडक डिभिजनको घोषणा

हेटौडामा सडक विस्तारका सबै तयारी पूरा : मंसिर २० गतेदेखि काम सुरु हुने सडक डिभिजनको घोषणा

हेटौडा, मंसिर १४ गते । सडक डिभिजन कार्यालय हेटौडाले पत्रकार सम्मेलन आयोजना गरी लामो समयदेखि चलिरहेको सडक विस्तार सम्बन्धी सबै विवाद, कानुनी अवस्था र हालसम्मको प्रगतिबारे विस्तृत जानकारी सार्वजनिक गरेको छ। पत्रकार सम्मेलनमा डिभिजन कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारीले सडक विस्तारका लागि आवश्यक सबै प्रक्रिया अन्तिम तयारीमा पुगेको बताएका छन्। उनका अनुसार सडक निर्माण तथा विस्तारसँग जोडिएका विभिन्न सरोकारवालाहरूबाट हालसम्म करिब ३४३ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये केही उच्च अदालत पाटन र सर्वोच्च अदालतसम्म पुगे पनि, कानुनी निर्णयहरूले सडक विस्तारको कार्यलाई वैधानिक रूपमा अघि बढाउन अनुमोदन गरेको उनले स्पष्ट पारे। अधिकारीका अनुसार— उच्च अदालत पाटनमा नौ वटा मुद्दा परेकोमा रिट…
Read More
कोशी प्रदेश प्रहरी प्रमुख घिमिरेद्वारा जिल्ला कमाण्डलाई कडाइका साथ सुरक्षा अभिवृद्धिको निर्देशन

कोशी प्रदेश प्रहरी प्रमुख घिमिरेद्वारा जिल्ला कमाण्डलाई कडाइका साथ सुरक्षा अभिवृद्धिको निर्देशन

कोशी प्रदेश, मंसिर १४ गते । कोशी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक (डीआईजी) विनोद घिमिरेले प्रदेशअन्तर्गतका सबै जिल्ला प्रहरी प्रमुखहरूसँग भर्चुअल बैठक गर्दै व्यापक सुरक्षा रणनीतिसम्बन्धी निर्देशन दिएका छन्। बैठकमा डीआईजी घिमिरेले जिल्लामा शान्ति–सुरक्षा सुदृढ बनाउन सम्भावित सुरक्षा चुनौतीहरूको सूक्ष्म अध्ययनसहित प्रहरी परिचालन गर्न आदेश दिए। विशेषगरी खुला सिमानाका कारण बढ्न सक्ने आपराधिक गतिविधि, फरार प्रतिवादी नियन्त्रण, अवैध हातहतियार, लागुऔषध कारोबार तथा चोरी–तस्करीजस्ता घटनामा शून्य सहनशीलताको नीति अपनाउँदै कडाइका साथ चेकजाँच र खटावट बढाउन उनले जोर दिएका थिए। उनका अनुसार मातहत प्रहरी कार्यालयहरूको नियमित अनुगमन, निरीक्षण तथा कार्यरत प्रहरीको पिरमर्का र समस्यामा ध्यान दिनु नेतृत्वको जिम्मेवारी हो। वरिष्ठबाट प्राप्त…
Read More
कञ्चनरुपमा छात्रवृत्ति घोटाला उजागर हुनेबित्तिकै पत्रकारमाथि हमला : स्थानीय शासनमा दण्डहीनता र मिलेमतोको भयावह तस्वीर

कञ्चनरुपमा छात्रवृत्ति घोटाला उजागर हुनेबित्तिकै पत्रकारमाथि हमला : स्थानीय शासनमा दण्डहीनता र मिलेमतोको भयावह तस्वीर

कञ्चनरुप (सप्तरी), मंसिर १४ गते । कञ्चनरुप नगरपालिका–११ गोरपारस्थित मदरसा ‘मुमताजुल उलुम’ मा छात्रवृत्ति तथा दिवाखाजा रकम दोहोरो निकासा गर्ने अनियमितता बाहिरिएपछि स्थानीय शासनको गम्भीर विकृति सतहमा आएको छ। विद्यालय व्यवस्थापन सूचना प्रणाली (IMIS) को रेकर्डमै एउटै कक्षाका विद्यार्थीलाई विभिन्न विद्यालयमा देखाएर रकम दोहोरो दाबी भएको खुलासा भएपछि नगरपालिका प्रशासनमा मौलाएको स्रोत दुरुपयोगको संस्कृति फेरि एकपटक उजागर परेको हो। तर अनियमितता झन् स्पष्ट बन्दै जाँदा, उल्टै घोटाला छोप्न पत्रकारमाथि हातपात, धम्की र दमन थालिएको छ— जसले कञ्चनरुप नगरपालिकाको शासकीय चरित्रमाथि गम्भीर प्रश्न खडा गरेको छ। पत्रकारमाथि हातपात : अनियमितता दबाउन नगरभित्रै हिंसा ! छात्रवृत्ति घोटालामाथि अनुसन्धान गरिरहेका सप्तकोशी सञ्चार प्रालिका…
Read More
महेन्द्र राजमार्ग–त्रिभुवन राजपथ विस्तार तत्काल कार्यान्वयन गर्न ११ राजनीतिक दलको संयुक्त दबाब

महेन्द्र राजमार्ग–त्रिभुवन राजपथ विस्तार तत्काल कार्यान्वयन गर्न ११ राजनीतिक दलको संयुक्त दबाब

हेटौंडा, मंसिर १४ गते । मकवानपुरका ११ विभिन्न राजनीतिक दल र समूहहरूले संयुक्त रूपमा प्रमुख जिल्ला अधिकारीमार्फत जिल्ला प्रशासन कार्यालयलाई दबावमूलक ध्यानाकर्षण पत्र बुझाउँदै महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडक विस्तार कार्य तत्काल अघि बढाउन माग गरेका छन्। दशकौँदेखि सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रका मुद्दामा संघर्ष गर्दै आएको जनाउँदै उनीहरूले ५० वर्षअघि नै तय गरिएको बीच–रेखादेखि दायाँबायाँ २५–२५ गज सडक विस्तार मापदण्डलाई अब सूचना मात्र नभई कार्यान्वयनको चरणमा लैजानुपर्ने आवश्यकता औँल्याएका छन्। सडक सीमाभित्र पर्ने वास्तविक पीडितलाई मुआब्जाको व्यवस्था गर्न, जिल्ला तथा नगरभित्रका सार्वजनिक जमिनको सीमाङ्कन गरी संरक्षण गर्न र वास्तविक सुकुम्बासी पहिचान गरी व्यवस्थापनमा सरकार गम्भीर बन्नुपर्ने उनीहरूको माग…
Read More
मनकामना सामुदायिक वन उपभोक्ता समूहद्वारा सिर्जा माया पाख्रीनप्रति श्रद्धाञ्जली

मनकामना सामुदायिक वन उपभोक्ता समूहद्वारा सिर्जा माया पाख्रीनप्रति श्रद्धाञ्जली

मनहरी, मंसिर १४ गते । मनकामना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले वडाध्यक्ष राजकुमार पाख्रीनकी हजुरआमा सिर्जा माया पाख्रीनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ। समूहले शोकग्रस्त परिवारजनसँग भेटघाट गरी समवेदना व्यक्त गर्दै औपचारिक रुपमा श्रद्धाञ्जली पत्र हस्तान्तरण गरेको हो। वि.सं. १९८३ मंसिर १९ गते जन्मिएकी सिर्जा माया पाख्रीनको वि.सं. २०८२ कार्तिक २३ गते ९९ वर्षको उमेरमा निधन भएको परिवार स्रोतले जनाएको छ। उनी मनहरी गाउँपालिका–२ अन्तर्गत पर्ने मनकामना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष तथा हालका वडाध्यक्ष राजकुमार पाख्रीनकी हजुरआमा तथा गणेश बहादुर पाख्रीन र कल्पना पाख्रीनकी आमा थिइन्। श्रद्धाञ्जली पत्र समूहका सचीव सुर्य बहादुर गोलेले…
Read More
मकवानपुरबाट नेकपा एमाले ११औँ महाधिवेशनका लागि प्रतिनिधि चयन, सर्वसम्मत र निर्वाचन दुवै प्रक्रियाबाट नेताहरूको सहभागिता सुनिश्चित

मकवानपुरबाट नेकपा एमाले ११औँ महाधिवेशनका लागि प्रतिनिधि चयन, सर्वसम्मत र निर्वाचन दुवै प्रक्रियाबाट नेताहरूको सहभागिता सुनिश्चित

हेटौंडा, मंसिर १४ गते । आगामी मङ्सिर २७, २८ र २९ गते काठमाडौंमा हुन गइरहेको नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि मकवानपुर जिल्लाबाट प्रतिनिधिहरूको चयन सम्पन्न भएको छ। जिल्लाका दुवै निर्वाचन क्षेत्रबाट सर्वसम्मत तथा निर्वाचन प्रक्रियामार्फत प्रतिनिधि बन्न सफल सम्पूर्ण कमरेडहरूलाई हार्दिक बधाई व्यक्त गर्दै, उनीहरूको आगामी भूमिका देश, पार्टी र संगठनिक आवश्यकताअनुसार सशक्त रहोस् भन्ने शुभकामना व्यक्त गरिएको छ। मकवानपुर क्षेत्र नं. १ बाट प्रतिनिधिमा चयन भएका कमरेडहरू: – क. नवीन सिग्देल (खुल्ला) – क. सुनिल मोक्तान (खुल्ला) – क. फुर्बा दोर्जे लामा (खुल्ला) – क. अणराज जर्गा मगर (खुल्ला) – क. आरती पाठक (महिला) – क. सीता बिष्ट…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.