हेटौडामा सडक विस्तारका लागि संरचना हटाउन प्रशासनको आग्रह, अवरोध नगर्न सर्वसाधारणलाई अनुरोध

हेटौडा, मंसिर १४ गते । मकवानपुर जिल्ला प्रशासन कार्यालय, हेटौडाले हेटौडा उपमहानगरपालिकाको प्रमुख सडक खण्ड विस्तारका लागि आवश्यक संरचना हटाउन सर्वसाधारणको सहयोगको आग्रह गरेको छ। सडक डिभिजनले मंसिर ५ गते सार्वजनिक सूचना जारी गर्दै रातो माटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म तथा बुद्धचोकदेखि सामरी पुलसम्म सडक केन्द्रदेखि दायाँबायाँ ७५–७५ फिटभित्र पर्ने स्थायी तथा अस्थायी संरचना हटाउन अनुरोध गरेको थियो।

सोही सूचनाको कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जारी अत्यन्त जरुरी सूचनामार्फत राजनीतिक दल, स्थानीय तहका जनप्रतिनिधि, गैसस, नागरिक समाज, उद्योगी व्यवसायी, सञ्चारकर्मी तथा आम नागरिक सबैलाई सहयोग र समन्वयका लागि आग्रह गरेका छन्।

प्रजिअ अधिकारीका अनुसार सुन्दर, सफा, समृद्ध र आकर्षक हेटौडा निर्माणका लागि सडक विस्तार अत्यावश्यक रहेको र कानुनी राज्यको मान्यता अनुसारका सबै निर्णय कार्यान्वयनमा प्रशासन कटिबद्ध छ। उनले सर्वोच्च अदालतको आदेश, कानुनी प्रक्रिया तथा आम हेटौडावासीको आवश्यकता अनुसार सडक उन्नति कार्य अघि बढिरहेको जानकारी दिए।

प्रशासनले सडक सीमाभित्र परेका संरचना घरधनी स्वयंले हटाइ सहयोग पुर्‍याएकोप्रति आभार व्यक्त गर्दै विस्तार कार्यमा कुनै प्रकारको अवरोध वा असहयोग नगर्न/नगराउन सबै सरोकारवालालाई अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौडामा सडक विस्तारका लागि संरचना हटाउन प्रशासनको आग्रह, अवरोध नगर्न सर्वसाधारणलाई अनुरोध

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

हेटौडामा सडक विस्तारका लागि संरचना हटाउन प्रशासनको आग्रह, अवरोध नगर्न सर्वसाधारणलाई अनुरोध

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

हेटौडामा सडक विस्तारका लागि संरचना हटाउन प्रशासनको आग्रह, अवरोध नगर्न सर्वसाधारणलाई अनुरोध

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

हेटौडामा सडक विस्तारका लागि संरचना हटाउन प्रशासनको आग्रह, अवरोध नगर्न सर्वसाधारणलाई अनुरोध

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

हेटौडामा सडक विस्तारका लागि संरचना हटाउन प्रशासनको आग्रह, अवरोध नगर्न सर्वसाधारणलाई अनुरोध

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

हेटौडामा सडक विस्तारका लागि संरचना हटाउन प्रशासनको आग्रह, अवरोध नगर्न सर्वसाधारणलाई अनुरोध

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.