हेटौंडामा श्रम संस्कृति पार्टीको पत्रकार सम्मेलन सम्पन्न, २० गते हर्क साम्पाङको विशेष सम्बोधन कार्यक्रम हुने

हेटौंडा, मंसिर १६ गते । हेटौंडा उपमहानगरपालिका–४ वासुदेव सभागृह चोकमा श्रम संस्कृति पार्टी मकवानपुरद्वारा आयोजित पत्रकार सम्मेलन मंगलबार सम्पन्न भएको छ। तोकिएको समयभन्दा केही ढिला सुरु गरिएको सो कार्यक्रममा पार्टीका तदर्थ समितिका संयोजक युनिस लामाले पत्रकार तथा मिडिया प्रतिनिधिहरूलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्य र एजेन्डाबारे विस्तृत जानकारी गराए।

संयोजक लामाका अनुसार यही २० गते पार्टीका अध्यक्ष हर्कराज साम्पाङ हेटौंडा आगमन गर्नेछन्। अध्यक्ष साम्पाङको उपस्थितिमा हुप्रचौरमा दिउँसो १२ बजे विशेष सम्बोधन कार्यक्रम, सोही दिन जिल्ला भेला तथा संगठन विस्तार घोषणा सभा समेत आयोजना गरिनेछ।

लामाले भने, “देशको राजनीतिक परिवेशले वैकल्पिक शक्तिको खोज गरिरहेको बेला श्रम संस्कृति पार्टीले उठाएका एजेन्डा जनतासमक्ष पुर्याउने उद्देश्यले पत्रकार सम्मेलन आयोजना गरिएको हो। जनताले अपेक्षा गरेको ‘परिवर्तन’ हाम्रै अभियानमार्फत सम्भव छ भन्ने विश्वास हामीले बोकेका छौं।”

उनका अनुसार २० गतेको कार्यक्रम बुद्धचोकबाट र्‍याली सुरु भई कान्ति राजपथ, पारिजात पथ हुँदै हुप्राचौर उत्तरी गेटबाट प्रवेश गर्नेछ। कार्यक्रमलाई सफल बनाउन जिल्लास्तरीय संरचनालाई भूमिकाविभाजन गरिएको र करिब २५०० जनाको सहभागिता रहने अपेक्षा गरिएको छ।

यसैगरी, पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सुन्दर लामाले हर्क साम्पाङको कार्यशैलीले देशभर नयाँ आशा र ऊर्जा जागेको उल्लेख गर्दै छोटो अवधिमा मकवानपुरका १० मध्ये ८ पालिकामा संगठन विस्तार भइसकेको जानकारी दिए। उनले भने, “जनताले पुराना दलहरूको विकल्प खोजिरहेको अवस्थामा श्रम संस्कृति पार्टी देशभर लोकप्रिय वैकल्पिक शक्ति बन्दै गएको छ।”

कार्यक्रममा पार्टीका अन्य प्रतिनिधि, सदस्य तथा विभिन्न मिडियाका पत्रकारहरूको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौंडामा श्रम संस्कृति पार्टीको पत्रकार सम्मेलन सम्पन्न, २० गते हर्क साम्पाङको विशेष सम्बोधन कार्यक्रम हुने

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

हेटौंडामा श्रम संस्कृति पार्टीको पत्रकार सम्मेलन सम्पन्न, २० गते हर्क साम्पाङको विशेष सम्बोधन कार्यक्रम हुने

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

हेटौंडामा श्रम संस्कृति पार्टीको पत्रकार सम्मेलन सम्पन्न, २० गते हर्क साम्पाङको विशेष सम्बोधन कार्यक्रम हुने

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

हेटौंडामा श्रम संस्कृति पार्टीको पत्रकार सम्मेलन सम्पन्न, २० गते हर्क साम्पाङको विशेष सम्बोधन कार्यक्रम हुने

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

हेटौंडामा श्रम संस्कृति पार्टीको पत्रकार सम्मेलन सम्पन्न, २० गते हर्क साम्पाङको विशेष सम्बोधन कार्यक्रम हुने

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

हेटौंडामा श्रम संस्कृति पार्टीको पत्रकार सम्मेलन सम्पन्न, २० गते हर्क साम्पाङको विशेष सम्बोधन कार्यक्रम हुने

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.