‘सञ्चार क्षेत्रलाई मर्यादित र उत्तरदायी बनाउनु हाम्रो प्राथमिकता’ — मन्त्री खरेल

काठमाडौं, मंसिर २१ गते । प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष कुमार शर्मा आचार्यले आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर आफ्नो नियुक्ति पत्र ग्रहण गरेका छन्। मन्त्री जगदीश खरेलले उनलाई रिक्त पदका लागि सरकारले गरेको मनोनयनअनुसार औपचारिक रूपमा नियुक्ति पत्र प्रदान गरेका हुन्।

नियुक्ति कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले हालको सञ्चार वातावरणलाई व्यवस्थित र जिम्मेवार बनाउन प्रेस काउन्सिलले अग्रसर भूमिकामा रहनुपर्ने आवश्यकता दोहोर्‍याए। उनले आम सञ्चारमाध्यमदेखि नयाँ डिजिटल मिडियासम्म सबैलाई मर्यादित, पारदर्शी र जनउत्तरदायी बनाउने दिशामा काउन्सिलले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिए।

मन्त्री खरेलका अनुसार संविधान र प्रचलित कानुनको दायरा भित्र रहेर सञ्चार क्षेत्रको सुधार सम्भव छ, र त्यसका लागि काउन्सिललाई सक्रिय भएर अघि बढ्न उनका शब्दमा “समयको माग” छ। भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने सरकारको प्राथमिकताबीचै केही जिम्मेवार व्यक्तिहरूबाटै भ्रामक सूचना प्रसारण हुनु दुर्भाग्यपूर्ण भएको उनले टिप्पणी गरे।

साइबर सुरक्षालाई सरकारको मुख्य चुनौती भन्दै मन्त्री खरेलले झुट्टा, भ्रामक र गलत सूचनाबाट जनमानस प्रभावित नहोस् भन्ने उद्देश्यका साथ राज्य संयन्त्र सक्रिय रहेको जानकारी गराए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

‘सञ्चार क्षेत्रलाई मर्यादित र उत्तरदायी बनाउनु हाम्रो प्राथमिकता’ — मन्त्री खरेल

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

‘सञ्चार क्षेत्रलाई मर्यादित र उत्तरदायी बनाउनु हाम्रो प्राथमिकता’ — मन्त्री खरेल

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

‘सञ्चार क्षेत्रलाई मर्यादित र उत्तरदायी बनाउनु हाम्रो प्राथमिकता’ — मन्त्री खरेल

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

‘सञ्चार क्षेत्रलाई मर्यादित र उत्तरदायी बनाउनु हाम्रो प्राथमिकता’ — मन्त्री खरेल

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

‘सञ्चार क्षेत्रलाई मर्यादित र उत्तरदायी बनाउनु हाम्रो प्राथमिकता’ — मन्त्री खरेल

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

‘सञ्चार क्षेत्रलाई मर्यादित र उत्तरदायी बनाउनु हाम्रो प्राथमिकता’ — मन्त्री खरेल

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.