भाद्र २४ को हिंसामा पूर्वनियोजनको आशंका, कार्की र अर्यालसँग बयान लिन आयोगलाई माग

काठमाडौं, मंसिर २७ गते । २०८२ भाद्र २४ गते देशका विभिन्न स्थानमा भएका आगजनी, तोडफोड र हिंसात्मक गतिविधि स्वतःस्फूर्त नभई संगठित र निर्देशित हुनसक्ने दाबी गर्दै जेन जि जाँचबुझ आयोगमा औपचारिक निवेदन दर्ता गरिएको छ। जेन जि मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहले घटनामा पूर्वनियोजन, नेतृत्व र सम्भावित निर्देशनको गम्भीर आशंका रहेको उल्लेख गर्दै निष्पक्ष, वैज्ञानिक र प्रमाण–आधारित छानबिनको माग गरेका छन्।

निवेदनमा सार्वजनिक रूपमा उपलब्ध प्रत्यक्षदर्शीका विवरण, दृश्य–श्रव्य सामग्री तथा सञ्चारमाध्यमका रिपोर्टलाई आधार बनाउँदै घटनाको गहिरो फौजदारी अनुसन्धान आवश्यक रहेको भनिएको छ। विशेष गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र ओमप्रकाश अर्यालको सम्भावित भूमिकाबारे उठेका प्रश्नहरूको तथ्यपरक परीक्षण गर्न आयोगसँग आग्रह गरिएको छ।

भाद्र २४ का घटनाले युवालाई उद्दलित पार्दै देशलाई अराजकतामा धकेल्ने र राज्यविहिनताको अवस्था सिर्जना गर्ने मनसाय देखिएको दाबी निवेदनमा गरिएको छ। यसक्रममा सत्ता कब्जाको उद्देश्यसहित अस्थिरता निम्त्याउने डिजाइन हुनसक्ने संकेत पनि उल्लेख गरिएको छ।

छानबिनका मुख्य बुँदामा घटनाअघि कुनै बैठक, समन्वय वा रणनीति तयार भएको–नभएको परीक्षण; नेतृत्व वा प्रत्यक्ष/परोक्ष निर्देशनको पुष्टि; आगजनी र तोडफोड कसरी, कहाँ र कसको निर्देशनमा भयो भन्ने विस्तृत अनुसन्धान; तथा राजनीतिक वा शक्ति–केन्द्रित उद्देश्यको समीक्षा समेटिएको छ।

निवेदकले आयोगलाई सबै सम्बन्धित व्यक्तिलाई कानुनी प्रक्रियाअन्तर्गत बयानका लागि बोलाउन, छानबिनलाई पारदर्शी ढंगले अघि बढाउन र निष्कर्ष सार्वजनिक गर्न आग्रह गरेका छन्। यस्ता गम्भीर आरोपहरूको सत्यता प्रष्ट पार्नु लोकतान्त्रिक शासनको आधारभूत दायित्व भएको उनले बताएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

भाद्र २४ को हिंसामा पूर्वनियोजनको आशंका, कार्की र अर्यालसँग बयान लिन आयोगलाई माग

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

भाद्र २४ को हिंसामा पूर्वनियोजनको आशंका, कार्की र अर्यालसँग बयान लिन आयोगलाई माग

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

भाद्र २४ को हिंसामा पूर्वनियोजनको आशंका, कार्की र अर्यालसँग बयान लिन आयोगलाई माग

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

भाद्र २४ को हिंसामा पूर्वनियोजनको आशंका, कार्की र अर्यालसँग बयान लिन आयोगलाई माग

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

भाद्र २४ को हिंसामा पूर्वनियोजनको आशंका, कार्की र अर्यालसँग बयान लिन आयोगलाई माग

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

भाद्र २४ को हिंसामा पूर्वनियोजनको आशंका, कार्की र अर्यालसँग बयान लिन आयोगलाई माग

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.