२०८२ मंसिर २७, शनिबार २०:०४
२०८२ मंसिर २७, शनिबार २०:०४
मनहरी, मंसिर २७ गते । पश्चिम मकवानपुरको मनहरी–६ स्थित सुनाचुरी सामुदायिक वन उपभोक्ता समूहले चालु आर्थिक वर्षका स्वीकृत कार्यक्रमअनुसार गरिबी निवारण, महिला सशक्तीकरण, शिक्षा र स्वास्थ्य क्षेत्रमा केन्द्रित हुँदै उपभोक्ता तथा संघ–संस्थालाई लाखौँ रुपैयाँ बराबरको सहयोग हस्तान्तरण गरेको छ। शनिबार वन समूहको सभाहलमा आयोजित कार्यक्रममा गरिब तथा बिपन्न उपभोक्तालाई लक्षित सहयोग वितरण गरिएको हो। वन समूहका सचिव रमेश कार्कीका अनुसार महिला सशक्तीकरणतर्फ दुई जना महिलालाई सिलाइ–कटाइ मेसिन प्रदान गरिएको छ भने जाडो मौसममा भुइँमै सुत्न बाध्य ४५ परिवारलाई काठबाट निर्मित खाट वितरण गरिएको छ। शिक्षा क्षेत्रतर्फ मनहरी–६ स्थित राष्ट्रिय माध्यमिक विद्यालय सुनाचुरीले स्थापना गरेको अक्षय कोषमा थप १० लाख रुपैयाँ…