सुनाचुरी सामुदायिक वनको सामाजिक लगानी: गरिब–बिपन्नदेखि शिक्षा र स्वास्थ्यसम्म लाखौँको सहयोग

मनहरी, मंसिर २७ गते । पश्चिम मकवानपुरको मनहरी–६ स्थित सुनाचुरी सामुदायिक वन उपभोक्ता समूहले चालु आर्थिक वर्षका स्वीकृत कार्यक्रमअनुसार गरिबी निवारण, महिला सशक्तीकरण, शिक्षा र स्वास्थ्य क्षेत्रमा केन्द्रित हुँदै उपभोक्ता तथा संघ–संस्थालाई लाखौँ रुपैयाँ बराबरको सहयोग हस्तान्तरण गरेको छ।

शनिबार वन समूहको सभाहलमा आयोजित कार्यक्रममा गरिब तथा बिपन्न उपभोक्तालाई लक्षित सहयोग वितरण गरिएको हो। वन समूहका सचिव रमेश कार्कीका अनुसार महिला सशक्तीकरणतर्फ दुई जना महिलालाई सिलाइ–कटाइ मेसिन प्रदान गरिएको छ भने जाडो मौसममा भुइँमै सुत्न बाध्य ४५ परिवारलाई काठबाट निर्मित खाट वितरण गरिएको छ।

शिक्षा क्षेत्रतर्फ मनहरी–६ स्थित राष्ट्रिय माध्यमिक विद्यालय सुनाचुरीले स्थापना गरेको अक्षय कोषमा थप १० लाख रुपैयाँ सहयोग गरिएको छ। यसअघि पनि वन समूहले उक्त अक्षय कोष स्थापनाका लागि १० लाख रुपैयाँ प्रदान गरिसकेको थियो।

स्वास्थ्य सेवामा योगदानस्वरूप पुष्पलाल आधारभूत स्वास्थ्य केन्द्रअन्तर्गत आमा समूह सञ्चालनका लागि ५० हजार रुपैयाँ, बृहत् जोगिताल खानेपानी आयोजनालाई २ लाख रुपैयाँ सहयोग गरिएको छ। त्यस्तै, मनहरी गाउँपालिकासँगको साझेदारीमा जनजागृति दुग्ध उत्पादक संस्थामार्फत उपभोक्तालाई बाछी वितरण गर्न १ लाख रुपैयाँ हस्तान्तरण गर्ने सम्झौता पनि सम्पन्न गरिएको छ।

कार्यक्रममा डिभिजन वन कार्यालय राप्ती–मनहरीका प्रमुख हेम थापाको प्रमुख आतिथ्यता रहेको थियो। साथै मनहरी–६ का वडाध्यक्ष युवराज थपलिया, मनहरी सब–डिभिजन वन कार्यालयका वन अधिकृत डटेन्द्र गोले, राष्ट्रिय मावि सुनाचुरीका अध्यक्ष शिवलाल मुक्तान, प्रधानाध्यापक सुभास श्रेष्ठलगायतको उपस्थिति थियो।

वन समूहका अध्यक्ष पार्वती मुक्तानको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव रमेश कार्कीले गर्नुभएको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

सुनाचुरी सामुदायिक वनको सामाजिक लगानी: गरिब–बिपन्नदेखि शिक्षा र स्वास्थ्यसम्म लाखौँको सहयोग

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

सुनाचुरी सामुदायिक वनको सामाजिक लगानी: गरिब–बिपन्नदेखि शिक्षा र स्वास्थ्यसम्म लाखौँको सहयोग

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

सुनाचुरी सामुदायिक वनको सामाजिक लगानी: गरिब–बिपन्नदेखि शिक्षा र स्वास्थ्यसम्म लाखौँको सहयोग

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

सुनाचुरी सामुदायिक वनको सामाजिक लगानी: गरिब–बिपन्नदेखि शिक्षा र स्वास्थ्यसम्म लाखौँको सहयोग

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

सुनाचुरी सामुदायिक वनको सामाजिक लगानी: गरिब–बिपन्नदेखि शिक्षा र स्वास्थ्यसम्म लाखौँको सहयोग

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

सुनाचुरी सामुदायिक वनको सामाजिक लगानी: गरिब–बिपन्नदेखि शिक्षा र स्वास्थ्यसम्म लाखौँको सहयोग

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.