सुशीला कार्की नेतृत्वको सरकारविरुद्ध संयुक्त जेनजी आन्दोलन घोषणा, पौष ७ गतेदेखि माइतीघरमा संघर्ष सुरु

काठमाडौँ, पुस ६ गते । सुशीला कार्की नेतृत्वको वर्तमान सरकार अपदस्त गर्दै सर्वपक्षीय सरकार गठन र संविधान पुनर्लेखनको मागसहित संयुक्त जेनजी आन्दोलन औपचारिक रूपमा घोषणा गरिएको छ। आन्दोलन आगामी पौष ७ गते काठमाडौँको माइतीघर मण्डलाबाट सुरु हुने जनाइएको छ।

आन्दोलनको नेतृत्व संरचनाअनुसार मिराज ढुङ्गाना संयोजक चयन भएका छन् भने आन्दोलनको कमान्डरको जिम्मेवारी सुनिल सिंह ठकुरीलाई दिइएको छ। यस्तै, विजय शाह, जितेन्द्र प्रताप सिंह, विकेस शाह, अजय सोडारी र प्रकाश रावल सहसंयोजक रहेका छन्। आन्दोलनका आधिकारिक धारणा सार्वजनिक गर्ने जिम्मेवारी प्रवक्ता बीरजङ विश्वकर्मा र प्रकाश शर्मालाई तोकिएको छ।

संयुक्त जेनजी आन्दोलनको औपचारिक घोषणा पौष ६ गते काठमाडौँस्थित भोजन गृहमा आयोजित कार्यक्रममा गरिएको हो। कार्यक्रममा बोल्दै आन्दोलनका अगुवा रवि किरण हमालले वर्तमान राजनीतिक व्यवस्था देशलाई गहिरो संकटतर्फ लैजाँदै गरेको आरोप लगाए। उनले राजनीतिक, संवैधानिक र नैतिक संकटबाट मुलुकलाई मुक्त गराउन अब निर्णायक संघर्ष अपरिहार्य भएको भन्दै सडकबाट दबाब सिर्जना गर्नुपर्ने बताए।

आन्दोलनकारीहरूले सरकार जनआकांक्षाविपरीत दिशामा अघि बढिरहेको, राज्य संयन्त्र कमजोर बन्दै गएको र विद्यमान संविधान तथा शासकीय स्वरूपले जनताको वास्तविक आवश्यकता सम्बोधन गर्न नसकेको आरोप लगाएका छन्। हालको राजनीतिक संरचनाकै कारण देश दीर्घकालीन राजनीतिक तथा संवैधानिक संकटमा फस्दै गएको उनीहरूको निष्कर्ष छ।

संयुक्त जेनजी आन्दोलनले शान्तिपूर्ण तर निर्णायक संघर्षमार्फत राजनीतिक निकास खोज्ने दाबी गर्दै माइतीघरबाट सुरु हुने आन्दोलनलाई चरणबद्ध रूपमा देशव्यापी विस्तार गरिने जनाएको छ। विभिन्न क्षेत्र, वर्ग र पृष्ठभूमिका युवाहरू तथा नागरिकको सक्रिय सहभागितासहित आन्दोलनलाई नयाँ राजनीतिक दिशाको आधार बनाइने आयोजकहरूको भनाइ छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

सुशीला कार्की नेतृत्वको सरकारविरुद्ध संयुक्त जेनजी आन्दोलन घोषणा, पौष ७ गतेदेखि माइतीघरमा संघर्ष सुरु

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

सुशीला कार्की नेतृत्वको सरकारविरुद्ध संयुक्त जेनजी आन्दोलन घोषणा, पौष ७ गतेदेखि माइतीघरमा संघर्ष सुरु

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

सुशीला कार्की नेतृत्वको सरकारविरुद्ध संयुक्त जेनजी आन्दोलन घोषणा, पौष ७ गतेदेखि माइतीघरमा संघर्ष सुरु

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

सुशीला कार्की नेतृत्वको सरकारविरुद्ध संयुक्त जेनजी आन्दोलन घोषणा, पौष ७ गतेदेखि माइतीघरमा संघर्ष सुरु

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

सुशीला कार्की नेतृत्वको सरकारविरुद्ध संयुक्त जेनजी आन्दोलन घोषणा, पौष ७ गतेदेखि माइतीघरमा संघर्ष सुरु

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

सुशीला कार्की नेतृत्वको सरकारविरुद्ध संयुक्त जेनजी आन्दोलन घोषणा, पौष ७ गतेदेखि माइतीघरमा संघर्ष सुरु

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.