Day: २०८२ पुष ६, आईतवार २३:३७

सुशीला कार्की नेतृत्वको सरकारविरुद्ध संयुक्त जेनजी आन्दोलन घोषणा, पौष ७ गतेदेखि माइतीघरमा संघर्ष सुरु

सुशीला कार्की नेतृत्वको सरकारविरुद्ध संयुक्त जेनजी आन्दोलन घोषणा, पौष ७ गतेदेखि माइतीघरमा संघर्ष सुरु

काठमाडौँ, पुस ६ गते । सुशीला कार्की नेतृत्वको वर्तमान सरकार अपदस्त गर्दै सर्वपक्षीय सरकार गठन र संविधान पुनर्लेखनको मागसहित संयुक्त जेनजी आन्दोलन औपचारिक रूपमा घोषणा गरिएको छ। आन्दोलन आगामी पौष ७ गते काठमाडौँको माइतीघर मण्डलाबाट सुरु हुने जनाइएको छ। आन्दोलनको नेतृत्व संरचनाअनुसार मिराज ढुङ्गाना संयोजक चयन भएका छन् भने आन्दोलनको कमान्डरको जिम्मेवारी सुनिल सिंह ठकुरीलाई दिइएको छ। यस्तै, विजय शाह, जितेन्द्र प्रताप सिंह, विकेस शाह, अजय सोडारी र प्रकाश रावल सहसंयोजक रहेका छन्। आन्दोलनका आधिकारिक धारणा सार्वजनिक गर्ने जिम्मेवारी प्रवक्ता बीरजङ विश्वकर्मा र प्रकाश शर्मालाई तोकिएको छ। संयुक्त जेनजी आन्दोलनको औपचारिक घोषणा पौष ६ गते काठमाडौँस्थित भोजन गृहमा आयोजित कार्यक्रममा…
Read More
जेन जि मकवानपुरद्वारा भोलि हुने कुनै पनि विरोध गतिविधिमा सहभागी नहुन सार्वजनिक अपिल

जेन जि मकवानपुरद्वारा भोलि हुने कुनै पनि विरोध गतिविधिमा सहभागी नहुन सार्वजनिक अपिल

हेटौंडा, पुस ६ गते । जेन जि मकवानपुर परिषद्ले भोलि मिति पौष ७ गते जिल्लाका विभिन्न स्थानमा आयोजना हुन सक्ने कुनै पनि प्रकारका विरोध प्रदर्शन तथा गतिविधिमा सहभागी नहुन सम्पूर्ण जेन जि साथीहरूलाई सार्वजनिक अपिल गरेको छ। भदौ २३ र २४ गते सम्पन्न जेन जि आन्दोलन पश्चात् जिल्ला स्तरका जेन जि प्रतिनिधिहरूको सहभागितामा चयन गरिएको जेन जि समिति मकवानपुर नै जिल्लामा आधिकारिक रूपमा गठित र मान्य संस्था रहेको विषय यथावत रहेको स्पष्ट पार्दै परिषद्ले उक्त अपिल जारी गरेको हो। अपिलमा भनिएको छ, वर्तमान राष्ट्रिय परिवेशमा देशको प्रमुख आवश्यकता भनेको तोकिएको समयमै निर्वाचन सम्पन्न गर्नु, जेन जि आन्दोलनलाई संस्थागत, अनुशासित तथा…
Read More
मकवानपुरमा जेन जि नामको दुरुपयोगप्रति आधिकारिक संस्थापक जेन्जीको ध्यानाकर्षण, शान्तिपूर्ण आन्दोलनमा ऐक्यबद्धता घोषणा

मकवानपुरमा जेन जि नामको दुरुपयोगप्रति आधिकारिक संस्थापक जेन्जीको ध्यानाकर्षण, शान्तिपूर्ण आन्दोलनमा ऐक्यबद्धता घोषणा

हेटौंडा, पुस ६ गते । जेन–जी अगुवाहरूको सर्वसम्मत निर्णयअनुसार मिराज ढुङ्गानालाई जेन–जी नेताका रूपमा स्वीकृत गर्दै देशव्यापी संयोजक तोकिएको विषय सर्वविदित रहेको संस्थापक जेन–जी मकवानपुरले स्पष्ट पारेको छ। सोही निर्णयअनुरूप मिराज ढुङ्गानालाई संस्थापक जेन–जीका रूपमा स्वीकार गरिएकोमा कुनै दुई मत नरहेको पनि जनाइएको छ। उक्त निर्णयअनुसार मकवानपुर जिल्लामा संस्थापक जेन–जी जिल्ला कमिटी संयोजक सुबिन खत्रीको संयोजनमा गठन भई विभिन्न सामाजिक तथा समसामयिक विषयमा आफ्ना धारणा सार्वजनिक गर्दै समाज रूपान्तरणमा सक्रिय भूमिका निर्वाह गर्दै आएको जानकारी गराइएको छ। यसैबीच मकवानपुरमा जेन–जीको नाम दुरुपयोग गर्दै केही व्यक्ति तथा समूहले सामाजिक सञ्जालमार्फत अनधिकृत विज्ञप्ति जारी गरी भ्रम फैलाइरहेकोप्रति संस्थापक जेन–जी मकवानपुरको गम्भीर ध्यानाकर्षण…
Read More
सीमा सुरक्षामा सक्रियता देखाएपछि सञ्चारकर्मीबाट सशस्त्र प्रहरी नायब उपरीक्षक खतिवडा सम्मानित

सीमा सुरक्षामा सक्रियता देखाएपछि सञ्चारकर्मीबाट सशस्त्र प्रहरी नायब उपरीक्षक खतिवडा सम्मानित

विराटनगर, पुस ६ गते ।सीमा सुरक्षामा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै विराटनगरमा क्रियाशील सञ्चारकर्मीहरूले सशस्त्र प्रहरी नायब उपरीक्षक विकास खतिवडालाई सम्मान गरेका छन्। प्रस्तावित सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म, रानीमा कार्यरत खतिवडाले सीमा क्षेत्रको सुरक्षा सुदृढीकरण, अवैध गतिविधि नियन्त्रण तथा चोरी–पैठारी न्यूनीकरणमा पुर्‍याएको योगदानको कदर गर्दै विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो। कार्यक्रमका संयोजक सत्यनारायण शर्माका अनुसार सशस्त्र प्रहरी बल नेपालको मूल उद्देश्यअनुसार सीमामा प्रभावकारी सुरक्षा व्यवस्था कायम गर्न, विभिन्न विकृति–विसंगति नियन्त्रण गर्न तथा आम नागरिकमा शान्ति–सुरक्षाको अनुभूति दिलाउन खतिवडाको भूमिका प्रभावकारी र प्रेरणादायी रहेको छ। आफ्नो पदीय दायित्व जिम्मेवारीपूर्वक निर्वाह गर्दै उनले जनविश्वास जित्न सफल भएको शर्माले…
Read More
श्री आधारभूत विद्यालय कर्कचमा अध्ययनरत सबै छात्रलाई छात्रवृत्ति वितरण

श्री आधारभूत विद्यालय कर्कचमा अध्ययनरत सबै छात्रलाई छात्रवृत्ति वितरण

रौतहट, पुस ६ गते । रौतहटको देवाहिगोनाही नगरपालिका–६ कर्कचस्थित श्री आधारभूत विद्यालय कर्कचमा अध्ययनरत सबै छात्रहरूलाई छात्रवृत्ति वितरण गरिएको छ। विद्यालयले आयोजना गरेको एक कार्यक्रममा छात्रवृत्ति वितरण गरिएको हो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हृदयनारायण साहको अध्यक्षता रहेको थियो भने वडा सदस्य उमेश महतो लगायत स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले छात्रवृत्तिले विद्यार्थीहरूको शैक्षिक निरन्तरतामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। विद्यालय प्रशासनका अनुसार आर्थिक अवस्थाका कारण पढाइ प्रभावित नहोस् भन्ने उद्देश्यले सबै छात्रलाई छात्रवृत्ति उपलब्ध गराइएको हो। कार्यक्रममा विद्यार्थी, अभिभावक तथा शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.