मकवानपुरमा जेन जि नामको दुरुपयोगप्रति आधिकारिक संस्थापक जेन्जीको ध्यानाकर्षण, शान्तिपूर्ण आन्दोलनमा ऐक्यबद्धता घोषणा

हेटौंडा, पुस ६ गते । जेन–जी अगुवाहरूको सर्वसम्मत निर्णयअनुसार मिराज ढुङ्गानालाई जेन–जी नेताका रूपमा स्वीकृत गर्दै देशव्यापी संयोजक तोकिएको विषय सर्वविदित रहेको संस्थापक जेन–जी मकवानपुरले स्पष्ट पारेको छ। सोही निर्णयअनुरूप मिराज ढुङ्गानालाई संस्थापक जेन–जीका रूपमा स्वीकार गरिएकोमा कुनै दुई मत नरहेको पनि जनाइएको छ।

उक्त निर्णयअनुसार मकवानपुर जिल्लामा संस्थापक जेन–जी जिल्ला कमिटी संयोजक सुबिन खत्रीको संयोजनमा गठन भई विभिन्न सामाजिक तथा समसामयिक विषयमा आफ्ना धारणा सार्वजनिक गर्दै समाज रूपान्तरणमा सक्रिय भूमिका निर्वाह गर्दै आएको जानकारी गराइएको छ।

यसैबीच मकवानपुरमा जेन–जीको नाम दुरुपयोग गर्दै केही व्यक्ति तथा समूहले सामाजिक सञ्जालमार्फत अनधिकृत विज्ञप्ति जारी गरी भ्रम फैलाइरहेकोप्रति संस्थापक जेन–जी मकवानपुरको गम्भीर ध्यानाकर्षण भएको छ। यस्ता गतिविधिले समाजलाई गुमराह गर्ने भएकाले त्यसप्रति सजग रहन सबैमा आग्रह गरिएको छ।

आधिकारिक जेन–जीको तर्फबाट देशव्यापी संयोजक मिराज ढुङ्गानाको आह्वानमा सञ्चालन हुन गइरहेको शान्तिपूर्ण आन्दोलनमा मकवानपुरबाट पनि ऐक्यबद्धता जनाउँदै देशलाई निकास दिने दिशातर्फ उन्मुख यस अभियानमा सहभागी हुन सबैलाई तयारी अवस्थामा रहन अनुरोध गरिएको छ। शान्तिपूर्ण आन्दोलनसम्बन्धी थप जानकारी समयमै सार्वजनिक गरिने संस्थापक जेन–जी मकवानपुरले जनाएको छ।

भ्रमबाट बाहिर निस्केर सत्य र आधिकारिक धारसँग उभिन आग्रह गर्दै सरकारले गर्ने गतिविधि तथा केन्द्रीय जेन–जीको निर्णयअनुरूप नै अगाडि बढ्ने पनि स्पष्ट गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

मकवानपुरमा जेन जि नामको दुरुपयोगप्रति आधिकारिक संस्थापक जेन्जीको ध्यानाकर्षण, शान्तिपूर्ण आन्दोलनमा ऐक्यबद्धता घोषणा

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

मकवानपुरमा जेन जि नामको दुरुपयोगप्रति आधिकारिक संस्थापक जेन्जीको ध्यानाकर्षण, शान्तिपूर्ण आन्दोलनमा ऐक्यबद्धता घोषणा

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

मकवानपुरमा जेन जि नामको दुरुपयोगप्रति आधिकारिक संस्थापक जेन्जीको ध्यानाकर्षण, शान्तिपूर्ण आन्दोलनमा ऐक्यबद्धता घोषणा

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

मकवानपुरमा जेन जि नामको दुरुपयोगप्रति आधिकारिक संस्थापक जेन्जीको ध्यानाकर्षण, शान्तिपूर्ण आन्दोलनमा ऐक्यबद्धता घोषणा

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

मकवानपुरमा जेन जि नामको दुरुपयोगप्रति आधिकारिक संस्थापक जेन्जीको ध्यानाकर्षण, शान्तिपूर्ण आन्दोलनमा ऐक्यबद्धता घोषणा

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

मकवानपुरमा जेन जि नामको दुरुपयोगप्रति आधिकारिक संस्थापक जेन्जीको ध्यानाकर्षण, शान्तिपूर्ण आन्दोलनमा ऐक्यबद्धता घोषणा

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.