हेटौंडा–७ र ८ मा ‘मनपरी मेला’ भन्दै स्थानीय आक्रोशित, ध्वनि प्रदूषण र मापसे–लापसेको जोखिमबारे सामाजिक अभियन्ता महतको कडा आपत्ति

हेटौंडा, पुस १९ गते । हेटौंडा उपमहानगरपालिका–७ र ८ मा सञ्चालन भइरहेको एक मेलालाई लिएर स्थानीयवासीहरूले गम्भीर असन्तुष्टि जनाएका छन्। राति १० बजे नाघिसक्दा पनि मेला क्षेत्रमा चर्को आवाजमा बाइकको माइक तथा साउण्ड सिस्टम प्रयोग भइरहँदा ध्वनि प्रदूषण बढेको र सम्भावित दुर्घटनाको जोखिम बढेको स्थानीयको गुनासो छ।

सेवा, सहयोग र आवाज अभियानका अध्यक्ष तथा सामाजिक अभियन्ता विशाल राज महतले सामाजिक सञ्जालमार्फत यस विषयमा कडा प्रतिक्रिया जनाउँदै यसलाई “मेला होइन, खुलेआम कानुनी उल्लङ्घन”को संज्ञा दिएका छन्। उनले युवाहरूमा मापसे–लापसे (मादक पदार्थ सेवन गरी सवारी चलाउने) को जोखिम बढेको उल्लेख गर्दै यसले जनताको शान्ति कुण्ठित गरेको बताएका छन्।

महतले उक्त मेला कसको आदेशमा सञ्चालन भइरहेको हो भन्ने प्रश्न उठाउँदै स्थानीय सरकारले किन अनुमति दियो र प्रहरीले किन मञ्जुरी दियो भनेर जवाफ माग गरेका छन्। साथै, जिल्लाका प्रहरी प्रमुखलाई सम्पर्क गर्न खोज्दा फोन नउठेको भन्दै सुरक्षा निकायको भूमिकामाथि समेत प्रश्न चिन्ह लगाएका छन्।

उनले जनताको शान्ति र सुरक्षालाई बेवास्ता गरेर सञ्चालन भइरहेको “मनपरी मेला” तत्काल बन्द गर्नुपर्ने माग गरेका छन्। स्थानीयवासीहरूले समेत सम्बन्धित निकायलाई जिम्मेवार बन्न र कानुनअनुसार कारबाही गर्न आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.