रोटर्याक्ट क्लब अफ हेटौडाद्वारा राक्सिराङ पञ्जनी–४ मा न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण

राक्सिराङ, पुस २२ गते । रोटर्याक्ट क्लब अफ हेटौडाको आयोजनामा, रोटरी क्लब अफ हेटौडाको सहयोग तथा NYCA को सहकार्यमा हरेक वर्ष सञ्चालन हुँदै आएको न्यानो कपडा वितरण कार्यक्रम यस वर्ष राक्सिराङ गाउँपालिका–पञ्जनी–४ मा सम्पन्न भएको छ।

चिसो मौसममा विपन्न तथा आवश्यकतामा रहेका समुदायलाई न्यानोपन प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा फेरि–फेरि प्रयोग गर्न मिल्ने ज्याकेट, टोपी लगायतका न्यानो कपडा वितरण गरिएको थियो।

यसै क्रममा सोही स्थानमा अध्ययनरत बालबालिकालाई शैक्षिक क्षेत्रमा सहयोग पुगोस् भन्ने उद्देश्यले कापी, कलम लगायत आवश्यक शैक्षिक सामग्रीहरू समेत वितरण गरिएको छ। बालबालिकाको पठनपाठन र पाठ्यक्रममा केही सुधारात्मक टेवा पुग्ने विश्वासका साथ उक्त शैक्षिक सामग्री प्रदान गरिएको आयोजकले जनाएका छन्।

रोटर्याक्ट क्लब अफ हेटौडाले सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष निरन्तर रूपमा सञ्चालन गर्दै आएको यस कार्यक्रमले दुर्गम तथा पिछडिएका क्षेत्रका नागरिक र बालबालिकामा सकारात्मक प्रभाव पारेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

रोटर्याक्ट क्लब अफ हेटौडाद्वारा राक्सिराङ पञ्जनी–४ मा न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

रोटर्याक्ट क्लब अफ हेटौडाद्वारा राक्सिराङ पञ्जनी–४ मा न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

रोटर्याक्ट क्लब अफ हेटौडाद्वारा राक्सिराङ पञ्जनी–४ मा न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

रोटर्याक्ट क्लब अफ हेटौडाद्वारा राक्सिराङ पञ्जनी–४ मा न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

रोटर्याक्ट क्लब अफ हेटौडाद्वारा राक्सिराङ पञ्जनी–४ मा न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

रोटर्याक्ट क्लब अफ हेटौडाद्वारा राक्सिराङ पञ्जनी–४ मा न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.