Day: २०८२ पुष २२, मंगलवार २३:५८

श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड

श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड

मनहरी गाउँपालिका,पुस २२ गते । श्री सीता माध्यमिक विद्यालयले आफ्नो ५०औँ स्वर्ण जयन्तीको अवसरमा आयोजना गरेको तीनदिने महोत्सव अन्तर्गत आज दोस्रो दिनको कार्यक्रम भव्य र उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। कार्यक्रमकी प्रमुख अतिथि तथा पूर्व सामाजिक विकास मन्त्री कुमारी मोक्तानले विद्यालयले आफ्नो पचासौँ स्वर्ण जयन्ती यसरी निरन्तर कार्यक्रममार्फत मनाउनु सुखद र उदाहरणीय कार्य भएको बताइन्। विद्यालयस्तरीय महोत्सवले समुदायमा उत्साह र खुसीको वातावरण सिर्जना गरेको उल्लेख गर्दै उनले सम्पूर्ण कार्यक्रम सफलतापूर्वक सम्पन्न होस् भनी शुभकामना व्यक्त गरिन्। उनले विकासको मूल आधार शिक्षा नै भएको स्पष्ट पार्दै गुणस्तरीय शिक्षा बिना सडक, बिजुली, खानेपानीजस्ता भौतिक पूर्वाधारले मात्र विकासको अनुभूति दिन नसक्ने बताइन्। “विद्यालयको…
Read More
रोटर्याक्ट क्लब अफ हेटौडाद्वारा राक्सिराङ पञ्जनी–४ मा न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण

रोटर्याक्ट क्लब अफ हेटौडाद्वारा राक्सिराङ पञ्जनी–४ मा न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण

राक्सिराङ, पुस २२ गते । रोटर्याक्ट क्लब अफ हेटौडाको आयोजनामा, रोटरी क्लब अफ हेटौडाको सहयोग तथा NYCA को सहकार्यमा हरेक वर्ष सञ्चालन हुँदै आएको न्यानो कपडा वितरण कार्यक्रम यस वर्ष राक्सिराङ गाउँपालिका–पञ्जनी–४ मा सम्पन्न भएको छ। चिसो मौसममा विपन्न तथा आवश्यकतामा रहेका समुदायलाई न्यानोपन प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा फेरि–फेरि प्रयोग गर्न मिल्ने ज्याकेट, टोपी लगायतका न्यानो कपडा वितरण गरिएको थियो। यसै क्रममा सोही स्थानमा अध्ययनरत बालबालिकालाई शैक्षिक क्षेत्रमा सहयोग पुगोस् भन्ने उद्देश्यले कापी, कलम लगायत आवश्यक शैक्षिक सामग्रीहरू समेत वितरण गरिएको छ। बालबालिकाको पठनपाठन र पाठ्यक्रममा केही सुधारात्मक टेवा पुग्ने विश्वासका साथ उक्त शैक्षिक सामग्री प्रदान गरिएको…
Read More
बकैया–३ हात्तिसुँडेकामा झोलुङ्गे पुल क्षतिग्रस्त हुँदा दूध बजार ठप्प, किसानप्रति गाउँपालिकाको बेवास्ताप्रति विशाल राज महतको ध्यानाकर्षण

बकैया–३ हात्तिसुँडेकामा झोलुङ्गे पुल क्षतिग्रस्त हुँदा दूध बजार ठप्प, किसानप्रति गाउँपालिकाको बेवास्ताप्रति विशाल राज महतको ध्यानाकर्षण

बकैया, पुस २२ गते । मकवानपुरको बकैया गाउँपालिका–३ हात्तिसुँडेका किसानहरू बर्खे बाढीका कारण गम्भीर समस्यामा परेका छन्। बकैया खोला माथिको झोलुङ्गे पुल बर्खे बाढीले क्षतिग्रस्त भएपछि दैनिक २०० देखि २५० लिटर दूध उत्पादन गर्दै आएका १५–२० किसानको दूध समयमै बजारसम्म पुर्‍याउन नसक्दा बेचबिखन लगभग ठप्प भएको छ। पुल क्षतिग्रस्त भएपछि सो क्षेत्रमा बससमेत सञ्चालन हुन नसकेको र वैकल्पिक मार्गको अभावमा किसानहरू ठूलो आर्थिक क्षति व्यहोर्न बाध्य भएका छन्। यति ठूलो प्रत्यक्ष क्षति हुँदाहुँदै पनि गाउँपालिकाले सामान्य मर्मतसमेत नगरी मौन बस्नु किसानप्रतिको बेवास्ता र आफ्नो दायित्वबाट पन्छिनु भएको स्थानीय किसानहरूको गुनासो छ। यस विषयमा सेवा, सहयोग र आवाजमार्फत सक्रिय रहँदै आएका…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.