बागमती प्रदेश सरकारको क्याबिनेट बैठक सम्पन्न, स्वास्थ्य र सहकारीसम्बन्धी तीन महत्वपूर्ण निर्णय पारित

हेटौडा, पुस २४ गते । बागमती प्रदेश सरकारको क्याबिनेट बैठक आज सम्पन्न भएको छ। बैठकले स्वास्थ्य तथा सहकारी क्षेत्रसँग सम्बन्धित तीनवटा महत्वपूर्ण निर्णयहरू पारित गरेको छ।

स्वास्थ्य मन्त्रालयको प्रस्तावअनुसार प्रदेश जनस्वास्थ्य प्रयोगशाला कार्यालय काभ्रेबाट भक्तपुरमा स्थानान्तरण गर्ने निर्णय गरिएको छ। यस निर्णयले प्रयोगशाला सेवाको पहुँच र व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

त्यसैगरी, स्वास्थ्य मन्त्रालयकै अर्को प्रस्तावमा ‘एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालनसम्बन्धी तेस्रो संशोधन कार्यविधि’ संशोधन पारित गरिएको छ। उक्त संशोधनले विद्यालयस्तरमा विद्यार्थीहरूको स्वास्थ्य सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउने विश्वास गरिएको छ।

यस्तै, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष तथा सदस्यहरूको मनोनयन गर्ने निर्णय पनि क्याबिनेट बैठकले गरेको छ। मनोनित हुने सदस्यहरूमा श्री दीपक केसी र श्री रामेश्वर प्रकाश रहेका छन्।

प्रदेश सरकारका अनुसार आजका निर्णयहरूले प्रदेशभित्रको स्वास्थ्य सेवा सुधार तथा समस्याग्रस्त सहकारी व्यवस्थापनलाई सुदृढ बनाउने लक्ष्य राखिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

बागमती प्रदेश सरकारको क्याबिनेट बैठक सम्पन्न, स्वास्थ्य र सहकारीसम्बन्धी तीन महत्वपूर्ण निर्णय पारित

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

बागमती प्रदेश सरकारको क्याबिनेट बैठक सम्पन्न, स्वास्थ्य र सहकारीसम्बन्धी तीन महत्वपूर्ण निर्णय पारित

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

बागमती प्रदेश सरकारको क्याबिनेट बैठक सम्पन्न, स्वास्थ्य र सहकारीसम्बन्धी तीन महत्वपूर्ण निर्णय पारित

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

बागमती प्रदेश सरकारको क्याबिनेट बैठक सम्पन्न, स्वास्थ्य र सहकारीसम्बन्धी तीन महत्वपूर्ण निर्णय पारित

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

बागमती प्रदेश सरकारको क्याबिनेट बैठक सम्पन्न, स्वास्थ्य र सहकारीसम्बन्धी तीन महत्वपूर्ण निर्णय पारित

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

बागमती प्रदेश सरकारको क्याबिनेट बैठक सम्पन्न, स्वास्थ्य र सहकारीसम्बन्धी तीन महत्वपूर्ण निर्णय पारित

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.