गौरमा गुञ्जियो हिन्दू जागरणको स्वर, ‘धार्मिक द्वेष स्वीकार्य छैन’ भन्दै शान्तिपूर्ण र्‍याली

रौतहट, पुस २५ गते । पछिल्ला दिनहरूमा केही स्थानमा सुनिएको “हिन्दू भगाऊ, देश बचाऊ” नारा प्रति असहमति जनाउँदै रौतहटको सदरमुकाम गौरमा शुक्रबार हिन्दू जागरण र्‍याली सम्पन्न भएको छ। धार्मिक सहिष्णुता र आपसी सम्मानको सन्देश बोकेको उक्त प्रदर्शन शान्तिपूर्ण रूपमा आयोजना गरिएको हो।

गौरस्थित राइस मिलको प्राङ्गणबाट दिउँसो १२ बजे सुरु भएको र्‍यालीमा हिन्दू समाजका हजारौँ नागरिक सहभागी भए। बाजागाजा, सवारी साधन र पैदल मार्चसहित अघि बढेको र्‍याली ट्रान्सफर चौक, भन्सार हुँदै बीपी चौक घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो।

र्‍यालीका सहभागीहरूले धार्मिक आस्था, संस्कृति र परम्परामाथि आक्रमण अस्वीकार्य भएको स्पष्ट पार्दै नेपाल बहुसांस्कृतिक तथा बहुधार्मिक देश भएकाले सबै समुदायले एकअर्काको सम्मान गर्नुपर्नेमा जोड दिए। कोणसभामा वक्ताहरूले नेपालको इतिहास र पहिचानसँग सनातन हिन्दू परम्पराको गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै धार्मिक द्वेष फैलाउने कुनै पनि गतिविधि तत्काल रोक्न सरकार र सुरक्षा निकायको सक्रिय भूमिका माग गरे।

कार्यक्रमका संयोजक मनोज यादवले नेपाल सबै धर्म र समुदायको साझा घर भएको बताउँदै शान्ति र सद्भाव कायम राख्नु सबैको साझा दायित्व भएको धारणा राखे। “धार्मिक भावनामा चोट पुग्ने कार्यको विरोध लोकतान्त्रिक र शान्तिपूर्ण तरिकाले गरिन्छ,” उनले भने।

जिल्ला प्रहरी कार्यालयका अनुसार कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो। सम्भावित असहजता रोक्न सुरक्षाका उपाय कडा पारिएको र कुनै अप्रिय घटना नघटेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

गौरमा गुञ्जियो हिन्दू जागरणको स्वर, ‘धार्मिक द्वेष स्वीकार्य छैन’ भन्दै शान्तिपूर्ण र्‍याली

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

गौरमा गुञ्जियो हिन्दू जागरणको स्वर, ‘धार्मिक द्वेष स्वीकार्य छैन’ भन्दै शान्तिपूर्ण र्‍याली

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

गौरमा गुञ्जियो हिन्दू जागरणको स्वर, ‘धार्मिक द्वेष स्वीकार्य छैन’ भन्दै शान्तिपूर्ण र्‍याली

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

गौरमा गुञ्जियो हिन्दू जागरणको स्वर, ‘धार्मिक द्वेष स्वीकार्य छैन’ भन्दै शान्तिपूर्ण र्‍याली

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

गौरमा गुञ्जियो हिन्दू जागरणको स्वर, ‘धार्मिक द्वेष स्वीकार्य छैन’ भन्दै शान्तिपूर्ण र्‍याली

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

गौरमा गुञ्जियो हिन्दू जागरणको स्वर, ‘धार्मिक द्वेष स्वीकार्य छैन’ भन्दै शान्तिपूर्ण र्‍याली

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.