२०८२ पुष २५, शुक्रबार २२:३०
२०८२ पुष २५, शुक्रबार २२:३०
हेटौडा, पुस २५ गते । हेटौंडा उपमहानगरपालिकाकी मेयरले मृत्युको मुखमा पुगेर बाँच्न सफल एक अनाथ शिशुलाई काखमा लिएको तस्बिर सामाजिक सञ्जालमा व्यापक रूपमा प्रशंसा भइरहेको बेला, सेवा सहयोग र आवाजमा हामीका अध्यक्ष तथा सामाजिक अभियन्ता विशाल राज महतले सो तस्बिरप्रति सम्मान जनाउँदै नेतृत्वको दायित्वबारे गम्भीर प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक स्टाटसमार्फत उनले उक्त कार्यलाई मानवीय र प्रशंसनीय भनेका छन्। तस्बिरमा जनप्रतिनिधिको जिम्मेवारीसँगै एक आमाको ममतामय भावना झल्किएको भन्दै मेयर धन्यवादको पात्र भएको उल्लेख गरेका छन्। तर उनले नेतृत्व केवल भावनात्मक तस्बिर र क्षणिक संवेदनामा सीमित हुन नहुने स्पष्ट पारेका छन्। अभियन्ता महतले हेटौंडा उपमहानगरका हजारौँ बालबालिका, गर्भवती महिला र…