पक्षपाती मिडियामाथि कडा नियमन आवश्यक भएको दिभेष शाक्यको जोड

हेटौडा, पुस २५ गते । भैरव समूहका संयोजक दिभेष शाक्यले देशमा मिडियाको कडा नियमन आवश्यक भएको बताएका छन्। उनले स्थानीय तहको निर्वाचनको समयदेखि नै आफूहरूले यस विषयमा निरन्तर आवाज उठाउँदै आएको र आज पनि त्यही धारणा दोहोर्याइरहेको उल्लेख गरेका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको आफ्नो धारणा व्यक्त गर्दै शाक्यले विशेषगरी पक्षपाती (biased) मिडिया, एजेंडा बोकेर समाचार बनाउने प्रवृत्ति र आफ्नै स्वार्थअनुसार सत्यलाई तोडमोड गर्ने कार्य देश र समाजका लागि खतरनाक रहेको बताएका छन्।

उनले लेखेका छन्, “जब कुरा आफ्नै टाउकोमा आइपर्छ, तब मात्रै पीडाको अर्थ बुझिँदो रहेछ,” भन्दै गैरजिम्मेवार समाचारले व्यक्ति मात्र होइन, समग्र समाजलाई असर पुर्‍याउने चेतावनी दिएका छन्।

अभिव्यक्तिको स्वतन्त्रताको नाममा जे मन लाग्यो त्यही गर्ने छुट कसैलाई नहुने उल्लेख गर्दै शाक्यले नियम सबैका लागि समान रूपमा लागू हुनुपर्नेमा जोड दिएका छन्। अन्यथा यसको नकारात्मक असर देश र समाज दुवैमा पर्ने उनको भनाइ छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

पक्षपाती मिडियामाथि कडा नियमन आवश्यक भएको दिभेष शाक्यको जोड

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

पक्षपाती मिडियामाथि कडा नियमन आवश्यक भएको दिभेष शाक्यको जोड

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

पक्षपाती मिडियामाथि कडा नियमन आवश्यक भएको दिभेष शाक्यको जोड

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

पक्षपाती मिडियामाथि कडा नियमन आवश्यक भएको दिभेष शाक्यको जोड

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

पक्षपाती मिडियामाथि कडा नियमन आवश्यक भएको दिभेष शाक्यको जोड

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

पक्षपाती मिडियामाथि कडा नियमन आवश्यक भएको दिभेष शाक्यको जोड

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.