थिङ थेमे प्रथम राष्ट्रिय भेला सम्पन्न, मिङमार थिङ अध्यक्षमा सर्वसम्मत चयन

काठमाडौं, पुस २८ गते । काठमाडौंमा दुई दिने थिङ थेमे (परिवार) प्रथम राष्ट्रिय भेला भव्य रूपमा सम्पन्न भएको छ। “एकै कुल, एउटै पहिचान–थिङ थेमे” भन्ने मूल नारासहित आयोजना गरिएको उक्त भेलाले थिङ समुदायको एकता, पहिचान र संगठनात्मक सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

भेलाले नयाँ कार्यसमिति समेत चयन गरेको छ। सर्वसम्मत निर्णयअनुसार मिङमार थिङ अध्यक्षमा चयन भएका छन्। मिङमार थिङको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो।

नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा अमृत थिङ, उपाध्यक्षमा कमलबहादुर थिङ, काजीमान थिङ र शान्ति थिङ चयन भएका छन्। त्यसैगरी महासचिवमा राजकुमार थिङ चयन भएका छन्।

भेलाको अवसरमा थिङ समुदायका विभिन्न क्षेत्रबाट योगदान पुर्‍याएका कलाकारहरूलाई समेत सम्मान गरिएको थियो। आयोजकका अनुसार यस भेलाले थिङ थेमे परिवारलाई संगठित गर्दै भावी दिनमा सामाजिक, सांस्कृतिक र पहिचान संरक्षणका गतिविधिहरूलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

थिङ थेमे प्रथम राष्ट्रिय भेला सम्पन्न, मिङमार थिङ अध्यक्षमा सर्वसम्मत चयन

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

थिङ थेमे प्रथम राष्ट्रिय भेला सम्पन्न, मिङमार थिङ अध्यक्षमा सर्वसम्मत चयन

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

थिङ थेमे प्रथम राष्ट्रिय भेला सम्पन्न, मिङमार थिङ अध्यक्षमा सर्वसम्मत चयन

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

थिङ थेमे प्रथम राष्ट्रिय भेला सम्पन्न, मिङमार थिङ अध्यक्षमा सर्वसम्मत चयन

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

थिङ थेमे प्रथम राष्ट्रिय भेला सम्पन्न, मिङमार थिङ अध्यक्षमा सर्वसम्मत चयन

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

थिङ थेमे प्रथम राष्ट्रिय भेला सम्पन्न, मिङमार थिङ अध्यक्षमा सर्वसम्मत चयन

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.