देशसेवामा पदलाई ‘लाइफ प्याकेज’ बनाउने प्रवृत्ति रोक्न जरुरी : विशाल राज महत

हेटौंडा, माघ १ गते । समाजसेवी तथा अध्यक्ष विशाल राज महतले हालै आफ्ना सामाजिक सञ्जालमार्फत चेतावनी जारी गर्दै देशसेवामा पदलाई केवल सुविधा र लाभको माध्यम बनाउने प्रवृत्ति रोक्नुपर्ने बताएका छन्। महतले भने, “आजकल माननीय पद कुनै जिम्मेवारी होइन, लाइफ सेटलमेन्ट प्याकेज जस्तो देखिन थालेको छ। पढाइ सकियो, जागीर खाइरहेको छ, अनुभव छैन, समाज चिनेको छैन तर आत्मविश्वास चुलिएको छ। यसले देशको प्रगतिमा बाधा पुर्याउन सक्छ।”

उनले आफ्नो भनाइमा जोड दिएका छन् कि माननीय पद सेवा र जिम्मेवारीको प्रतीक हुनुपर्छ, न कि कुर्सी, गाडी, पावर र प्रोटोकलको स्वाद लिनको सर्टकट। महतले भने, “पद पाएपछि मात्र देश बचाउन सकिन्छ भन्ने सोच गलत हो। खबरदारी गर्न, झकझक्याउन, गलतलाई गलत भन्न पदको लोगो आवश्यक छैन।”

महतले जनतालाई पनि सचेत रहन आग्रह गर्दै भने, “डिग्री देखेर मात्र भोट हाल्ने युग नबनाऔँ। फेसबुक पोस्ट, भाषण होइन, चरित्र, इमान्दारी र उत्तरदायित्व नै निर्णायक हुनुपर्छ।”

उनको यो अभिव्यक्ति नेपाली राजनीतिक परिवेशमा युवा पुस्ताको सक्रियता र पदप्रतिको सोचबारे व्यापक बहसलाई तिव्र बनाउने अनुमान गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

देशसेवामा पदलाई ‘लाइफ प्याकेज’ बनाउने प्रवृत्ति रोक्न जरुरी : विशाल राज महत

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

देशसेवामा पदलाई ‘लाइफ प्याकेज’ बनाउने प्रवृत्ति रोक्न जरुरी : विशाल राज महत

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

देशसेवामा पदलाई ‘लाइफ प्याकेज’ बनाउने प्रवृत्ति रोक्न जरुरी : विशाल राज महत

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

देशसेवामा पदलाई ‘लाइफ प्याकेज’ बनाउने प्रवृत्ति रोक्न जरुरी : विशाल राज महत

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

देशसेवामा पदलाई ‘लाइफ प्याकेज’ बनाउने प्रवृत्ति रोक्न जरुरी : विशाल राज महत

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

देशसेवामा पदलाई ‘लाइफ प्याकेज’ बनाउने प्रवृत्ति रोक्न जरुरी : विशाल राज महत

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.