२०८२ माघ १, बिहीबार २३:४९
२०८२ माघ १, बिहीबार २३:४९
हेटौंडा, माघ १ गते । समाजसेवी तथा अध्यक्ष विशाल राज महतले हालै आफ्ना सामाजिक सञ्जालमार्फत चेतावनी जारी गर्दै देशसेवामा पदलाई केवल सुविधा र लाभको माध्यम बनाउने प्रवृत्ति रोक्नुपर्ने बताएका छन्। महतले भने, "आजकल माननीय पद कुनै जिम्मेवारी होइन, लाइफ सेटलमेन्ट प्याकेज जस्तो देखिन थालेको छ। पढाइ सकियो, जागीर खाइरहेको छ, अनुभव छैन, समाज चिनेको छैन तर आत्मविश्वास चुलिएको छ। यसले देशको प्रगतिमा बाधा पुर्याउन सक्छ।" उनले आफ्नो भनाइमा जोड दिएका छन् कि माननीय पद सेवा र जिम्मेवारीको प्रतीक हुनुपर्छ, न कि कुर्सी, गाडी, पावर र प्रोटोकलको स्वाद लिनको सर्टकट। महतले भने, "पद पाएपछि मात्र देश बचाउन सकिन्छ भन्ने सोच गलत…