राष्ट्रिय झण्डाको दुरुपयोग नगर्न गृह मन्त्रालयको कडा चेतावनी

काठमाडौँ,माघ ११ गते । नेपाल सरकार, गृह मन्त्रालयले नेपालको राष्ट्रिय गौरव र स्वाभिमानको प्रतीक राष्ट्रिय झण्डाको प्रयोगलाई मर्यादित, सम्मानजनक र कानुनसम्मत बनाउन सबैमा आग्रह गरेको छ। गृह मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि, २०६९ अनुसार राष्ट्रिय झण्डाको प्रयोग, आकार, फरफराउने विधि तथा निषेधित कार्यहरूको स्पष्ट व्यवस्था रहेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा प्रमुख जिल्ला अधिकारीलाई आफ्नो कार्यक्षेत्रभित्र राष्ट्रिय झण्डाको प्रयोग सही रूपमा भए–नभएको नियमित अनुगमन गर्ने जिम्मेवारी तोकिएको जानकारी दिइएको छ। राष्ट्रिय झण्डा उल्टो राख्ने, च्यात्ने, जलाउने, फ्याँक्ने, कुनै सामान पोको पार्न प्रयोग गर्ने, विज्ञापन वा व्यक्तिगत प्रयोजनका लागि दुरुपयोग गर्ने तथा शरीरको कम्मरभन्दा तलका भाग वा भित्री–बाहिरी कपडामा झण्डाको चित्र प्रयोग गर्ने कार्यलाई निषेध गरिएको छ।

त्यसैगरी निर्वाचन आचारसंहिता २०८२ अनुसार दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो वा अन्य र्‍याली गर्दा बढीमा १० वटा राष्ट्रिय झण्डा मात्र प्रयोग गर्न पाउने र निर्वाचन प्रचारप्रसारका क्रममा राष्ट्रिय झण्डा प्रयोग गर्न नपाइने व्यवस्था गरिएको गृह मन्त्रालयले जनाएको छ।

मुलुकी अपराध संहिता, २०४७ को दफा १५१ अनुसार राष्ट्रिय झण्डाको अपमान हुने कार्य वा सार्वजनिक नैतिकता, शिष्टाचार तथा सदाचार विपरीत हुने स्थान वा अवस्थामा राष्ट्रिय झण्डा प्रयोग गर्न नपाइने व्यवस्था रहेको र उल्लङ्घन गरेमा कानुनी सजायको प्रावधानसमेत रहेको विज्ञप्तिमा उल्लेख छ।

गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले राष्ट्रको गौरवको प्रतीक राष्ट्रिय झण्डाको उच्च गरिमा र मर्यादा कायम राख्न सबै नागरिक, संघसंस्था र राजनीतिक दललाई प्रचलित कानुन बमोजिम मात्र यसको प्रयोग गर्न आग्रह गरेको छ। अन्यथा दुरुपयोग भएको पाइएमा कानुनअनुसार कारबाही हुने चेतावनी पनि मन्त्रालयले दिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

राष्ट्रिय झण्डाको दुरुपयोग नगर्न गृह मन्त्रालयको कडा चेतावनी

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

राष्ट्रिय झण्डाको दुरुपयोग नगर्न गृह मन्त्रालयको कडा चेतावनी

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

राष्ट्रिय झण्डाको दुरुपयोग नगर्न गृह मन्त्रालयको कडा चेतावनी

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

राष्ट्रिय झण्डाको दुरुपयोग नगर्न गृह मन्त्रालयको कडा चेतावनी

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

राष्ट्रिय झण्डाको दुरुपयोग नगर्न गृह मन्त्रालयको कडा चेतावनी

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

राष्ट्रिय झण्डाको दुरुपयोग नगर्न गृह मन्त्रालयको कडा चेतावनी

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.