प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच चुनावी तालमेल

काठमाडौँ, माघ ११ गते । आसन्न प्रतिनिधिसभा निर्वाचन २०८२ लाई लक्षित गर्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले) र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच चुनावी सहमति भएको छ। दुवै पार्टीका शीर्ष नेताहरूको उपस्थितिमा सम्पन्न सहमतिअनुसार विभिन्न निर्वाचन क्षेत्रहरूमा आपसी तालमेल गरी उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरिएको हो।

सहमति अनुसार पश्चिम रुकुमबाट प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार श्री जनार्दन शर्मा र पूर्वी रुकुमबाट उम्मेदवार श्री सन्दीप पुनको पक्षमा एमालेले आँखा चिन्हमा मतदान गर्नेछ। त्यसैगरी कर्णाली प्रदेशका हुम्ला र जुम्ला बाहेकका जिल्लाहरू तथा पुरानो राप्ती अञ्चलका जिल्लाहरूमा नेकपा एमालेका उम्मेदवारहरूको पक्षमा सूर्य चिन्हमा प्रगतिशील लोकतान्त्रिक पार्टीले मतदान गर्ने सहमति भएको छ।

सहमतिको प्रभावकारी कार्यान्वयनका लागि दुवै पार्टीले आफ्ना आन्तरिक पंक्तिलाई अभिलम्ब आवश्यक निर्देशन दिने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। नेताहरूले यो तालमेलले लोकतान्त्रिक शक्तिहरूलाई एकताबद्ध गर्दै निर्वाचनमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेका छन्।

उक्त सहमतिपत्रमा नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष दुर्गा सोवले हस्ताक्षर गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच चुनावी तालमेल

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच चुनावी तालमेल

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच चुनावी तालमेल

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच चुनावी तालमेल

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच चुनावी तालमेल

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच चुनावी तालमेल

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.