“चुनाव पार्टी छुट्याउने होइन, नैतिकता र इमान्दारी नाप्ने परीक्षा हो” – विशाल राज महत

हेटौंडा, माघ २१ गते । सेवा, सहयोग र आवाज अभियानका अध्यक्ष तथा सामाजिक अभियान्ता विशाल राज महतले चुनावलाई नयाँ–पुरानो पार्टी छुट्याउने प्रतिस्पर्धा नभई नैतिकता र इमान्दारी नाप्ने परीक्षाका रूपमा बुझ्न आग्रह गरेका छन्।

आफ्नो सामाजिक सञ्जालमार्फत स्टाटस सार्वजनिक गर्दै महतले गलत उम्मेदवारलाई समर्थन गर्दा बहादुरी नहुने, बरु आँखा चिम्लेर भीडको पछि लाग्ने प्रवृत्तिले अन्ततः देशमाथि बोझ थपिने बताएका छन्।

उनले भोट माग्ने प्रक्रिया नाटकको संवादजस्तो हुन नहुने उल्लेख गर्दै जनताको भावनासँग खेल्नु विश्वासमाथि गरिएको आघात भएको टिप्पणी गरेका छन्। “आज यही घातलाई राजनीति भनेर सजाइँदैछ,” उनको भनाइ छ।

महतले टोपी, झण्डा र अनुहार फेरिए पनि धेरै उम्मेदवारको नियत नफेरिने यथार्थ औँल्याउँदै मतदातालाई नारा होइन नियत, भाषण होइन व्यवहार र अनुहार होइन इतिहास हेरेर मतदान गर्न आग्रह गरेका छन्।

एक गलत निर्णयको सजाय उम्मेदवारले होइन, सिंगो देशले भोग्नुपर्ने भन्दै उनले सार्वभौमसत्ता पनि निरन्तर गलत चुनावी निर्णयकै यात्राबाट क्रमशः कमजोर हुँदै जाने चेतावनी दिएका छन्।

अन्त्यमा, उनले लहलहैमा होइन विवेकमा, भावनामा होइन जिम्मेवारीमा उभिएर मतदान गर्न आग्रह गर्दै सानो देखिने भोटले राष्ट्रकै भविष्य निर्धारण गर्ने स्मरण गराएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

“चुनाव पार्टी छुट्याउने होइन, नैतिकता र इमान्दारी नाप्ने परीक्षा हो” – विशाल राज महत

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

“चुनाव पार्टी छुट्याउने होइन, नैतिकता र इमान्दारी नाप्ने परीक्षा हो” – विशाल राज महत

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

“चुनाव पार्टी छुट्याउने होइन, नैतिकता र इमान्दारी नाप्ने परीक्षा हो” – विशाल राज महत

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

“चुनाव पार्टी छुट्याउने होइन, नैतिकता र इमान्दारी नाप्ने परीक्षा हो” – विशाल राज महत

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

“चुनाव पार्टी छुट्याउने होइन, नैतिकता र इमान्दारी नाप्ने परीक्षा हो” – विशाल राज महत

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

“चुनाव पार्टी छुट्याउने होइन, नैतिकता र इमान्दारी नाप्ने परीक्षा हो” – विशाल राज महत

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.