हेटौंडामा शिवम सिमेन्टको धुलो–धुवाँबारे वार्ता हुने सहमति, स्थानीयको आन्दोलन हाललाई स्थगित

हेटौँडा, फागुन १ गते । हेटौंडामा अवस्थित शिवम सिमेन्ट उद्योगबाट वर्षौंदेखि फैलिँदै आएको धुलो–धुवाँका कारण स्थानीय बस्तीमा गम्भीर स्वास्थ्य जोखिम बढेको भन्दै स्थानीयवासी शान्तिपूर्ण आन्दोलनमा जाने तयारीमा थिए।

तर बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले सरोकारवाला पक्षबीच वार्ताको वातावरण मिलाइदिने पहल गरेपछि आन्दोलन हाललाई स्थगित गरिएको छ।

उद्योग प्रतिनिधि राजेन्द्र शर्माले समस्या समाधानका लागि तत्काल वार्ता गर्न तयार रहेको प्रतिबद्धता जनाएसँगै फागुन ४ गते स्थानीयको उपस्थितिमा छलफल गर्ने सहमति भएको हो।

सेवा, सहयोग र आवाजमा सक्रिय अध्यक्ष तथा सामाजिक अभियान्ता विशाल राज महतले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको स्टाटसमा हाललाई आन्दोलन स्थगित गरिए पनि समस्या समाधानको स्पष्ट बाटो नखुलेसम्म निरन्तर दबाब र पहल जारी रहने उल्लेख गरेको छ।

स्थानीयवासीले उद्योगबाट निस्कने धुलो–धुवाँ नियन्त्रण, स्वास्थ्य सुरक्षाको सुनिश्चितता तथा दीर्घकालीन समाधानको माग गर्दै आएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौंडामा शिवम सिमेन्टको धुलो–धुवाँबारे वार्ता हुने सहमति, स्थानीयको आन्दोलन हाललाई स्थगित

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

हेटौंडामा शिवम सिमेन्टको धुलो–धुवाँबारे वार्ता हुने सहमति, स्थानीयको आन्दोलन हाललाई स्थगित

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

हेटौंडामा शिवम सिमेन्टको धुलो–धुवाँबारे वार्ता हुने सहमति, स्थानीयको आन्दोलन हाललाई स्थगित

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

हेटौंडामा शिवम सिमेन्टको धुलो–धुवाँबारे वार्ता हुने सहमति, स्थानीयको आन्दोलन हाललाई स्थगित

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

हेटौंडामा शिवम सिमेन्टको धुलो–धुवाँबारे वार्ता हुने सहमति, स्थानीयको आन्दोलन हाललाई स्थगित

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

हेटौंडामा शिवम सिमेन्टको धुलो–धुवाँबारे वार्ता हुने सहमति, स्थानीयको आन्दोलन हाललाई स्थगित

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.