“सही उम्मेदवार पहिचान नगरेसम्म परिवर्तन सम्भव छैन” — विशालराज महत

हेटौँडा, फागुन ५ गते । रेडियो भरोसा युट्युब च्यानलद्वारा सञ्चालन गरिएको निर्वाचन विशेष संवाद कार्यक्रममा अतिथि रूपमा सहभागी सेवा सहयोग आवाज हामीका अध्यक्ष तथा सामाजिक अभियन्ता विशालराज महतले निर्वाचन जनजागरण अभियान समय सान्दर्भिक र फरक प्रकृतिको रहेको बताएका छन्।

कार्यक्रममा बोल्दै महतले जनजागरण अभियानप्रति स्थानीय जनताबाट मिश्रित प्रतिक्रिया प्राप्त भएको जानकारी गराए। कतिपय स्थानीयले अभियानलाई सकारात्मक र आवश्यक मानेको उल्लेख गर्दै उनले भने, “केही नागरिकले यो अभियान एकदमै राम्रो छ भन्ने प्रतिबद्धता व्यक्त गरेका छन् भने केहीले यसबाट ठोस परिणाम नआउने शंका पनि गरेका छन्।”

यस सन्दर्भमा उनले अघिल्ला निर्वाचनहरूमा जनताले जिताएर पठाएका प्रतिनिधिहरूले घोषणापत्रअनुसार काम नगरेको गुनासो बारम्बार दोहोरिएको उल्लेख गरे। “हामीले पटक–पटक उम्मेदवारलाई जिताएर पठायौं तर अपेक्षित काम हुन सकेन भन्ने निराशा जनतामा स्पष्ट देखिन्छ,” उनले भने।

महतले जनजागरण अभियानको मुख्य उद्देश्य नागरिकको निर्वाचन सहभागिता बढाउनुका साथै मतदाता र उम्मेदवार पहिचानमा त्रुटि नहोस् भन्नेमा केन्द्रित रहेको बताए। सही व्यक्ति सही ठाउँमा पुग्न सके मात्र स्थानीय क्षेत्र हुँदै समग्र देशको विकास सम्भव हुने उनको भनाइ छ।

उनका अनुसार अहिलेको अवस्थामा आम नागरिक नयाँ परिवर्तन चाहिरहेका छन्। देशको आर्थिक उन्नति, सुशासन र समग्र विकासतर्फ मुलुक अघि बढोस् भन्ने जनआकांक्षा बलियो देखिएको उनले बताए। तर पटक–पटक चुनिएर गएका प्रतिनिधिहरू अपेक्षित भूमिकामा देखिन नसक्दा जनतामा निराशा र आक्रोश बढेको उनको टिप्पणी छ।

दलीय प्रणालीको सन्दर्भमा बोल्दै महतले सबै परिवर्तन असफल भएको भनेर बुझ्नु गलत हुने बताए। संविधान, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारका विषयमा केही उपलब्धि भए पनि भ्रष्टाचार, अनियमितता र राष्ट्रिय हितका विषयमा कमजोरी देखिएको उनको भनाइ छ।

उनले स्पष्ट रूपमा आफूले कुनै दल वा व्यक्तिविरुद्ध आग्रह–पूर्वाग्रह नराखेको उल्लेख गर्दै नागरिक अब झुक्न नहुने अवस्थामा पुगेको बताए। “अब उम्मेदवार घरदैलोमा आउँदा प्रश्न गर्ने संस्कृति विकास गर्नुपर्छ,” उनले भने, “सही पात्रको पहिचान नगरी फेरि पनि पुरानै गल्ती दोहोर्यायौं भने परिवर्तन सम्भव हुँदैन।”

नातागोता, पार्टी वा व्यक्तिगत सम्बन्धभन्दा माथि उठेर जुनसुकै दलका भए पनि योग्य, इमानदार, राष्ट्रियता र सामाजिक उत्तरदायित्व बोकेका व्यक्तिलाई प्रतिनिधि बनाएर पठाउन सके मात्र देशमा सकारात्मक कायापलट सम्भव हुने महतको निष्कर्ष छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

“सही उम्मेदवार पहिचान नगरेसम्म परिवर्तन सम्भव छैन” — विशालराज महत

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

“सही उम्मेदवार पहिचान नगरेसम्म परिवर्तन सम्भव छैन” — विशालराज महत

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

“सही उम्मेदवार पहिचान नगरेसम्म परिवर्तन सम्भव छैन” — विशालराज महत

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

“सही उम्मेदवार पहिचान नगरेसम्म परिवर्तन सम्भव छैन” — विशालराज महत

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

“सही उम्मेदवार पहिचान नगरेसम्म परिवर्तन सम्भव छैन” — विशालराज महत

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

“सही उम्मेदवार पहिचान नगरेसम्म परिवर्तन सम्भव छैन” — विशालराज महत

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.