Day: २०८२ फाल्गुन ५, मंगलवार २३:२२

“सही उम्मेदवार पहिचान नगरेसम्म परिवर्तन सम्भव छैन” — विशालराज महत

“सही उम्मेदवार पहिचान नगरेसम्म परिवर्तन सम्भव छैन” — विशालराज महत

हेटौँडा, फागुन ५ गते । रेडियो भरोसा युट्युब च्यानलद्वारा सञ्चालन गरिएको निर्वाचन विशेष संवाद कार्यक्रममा अतिथि रूपमा सहभागी सेवा सहयोग आवाज हामीका अध्यक्ष तथा सामाजिक अभियन्ता विशालराज महतले निर्वाचन जनजागरण अभियान समय सान्दर्भिक र फरक प्रकृतिको रहेको बताएका छन्। कार्यक्रममा बोल्दै महतले जनजागरण अभियानप्रति स्थानीय जनताबाट मिश्रित प्रतिक्रिया प्राप्त भएको जानकारी गराए। कतिपय स्थानीयले अभियानलाई सकारात्मक र आवश्यक मानेको उल्लेख गर्दै उनले भने, “केही नागरिकले यो अभियान एकदमै राम्रो छ भन्ने प्रतिबद्धता व्यक्त गरेका छन् भने केहीले यसबाट ठोस परिणाम नआउने शंका पनि गरेका छन्।” यस सन्दर्भमा उनले अघिल्ला निर्वाचनहरूमा जनताले जिताएर पठाएका प्रतिनिधिहरूले घोषणापत्रअनुसार काम नगरेको गुनासो बारम्बार दोहोरिएको…
Read More
निर्वाचनमा आचारसंहिता पालना गर्न पत्रकार महासंघको आग्रह

निर्वाचनमा आचारसंहिता पालना गर्न पत्रकार महासंघको आग्रह

काठमाडौँ, फागुन ५ गते । नेपाल पत्रकार महासंघले यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आमसञ्चारमाध्यम र पत्रकारहरूलाई पत्रकारिताको सिद्धान्त तथा पत्रकार आचारसंहिताको कडाइका साथ पालना गर्न आग्रह गरेको छ। महासंघले निर्वाचनको समयमा मिथ्या सूचना, अप्रमाणित समाचार र अनुमानमा आधारित सामग्रीले मतदातालाई प्रभावित पार्न सक्ने जोखिम रहने उल्लेख गर्दै यस्ता गतिविधिप्रति गम्भीर चासो व्यक्त गरेको छ। विज्ञप्तिमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्दै स्वस्थ, स्वतन्त्र, धाँधलीरहित र शान्तिपूर्ण निर्वाचन सम्पन्न हुने वातावरण निर्माणमा सञ्चारमाध्यम र पत्रकारहरूको भूमिका महत्वपूर्ण रहने स्पष्ट पारिएको छ। निर्वाचन नजिकिँदै जाँदा केही अनलाइन सञ्चारमाध्यम, सामाजिक सञ्जाल तथा युट्युबमार्फत प्रवाहित सामग्रीमा पत्रकार आचारसंहिता र…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.