जेनजी आन्दोलनको सपना जोगाउन चुनावी संघर्ष : काठमाडौँ–१ बाट अर्जुन शाहीको उम्मेदवारी घोषणा

काठमाडौँ, फागुन १० गते । जेनजी आन्दोलनको म्यान्डेटमाथि गम्भीर कुठाराघात भएको आरोप लगाउँदै आन्दोलनका प्रमुख योजनाकार तथा अन्तरिम सरकार गठनका लागि गठित वार्ता समितिका सह–संयोजक अर्जुन शाहीले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ बाट जुत्ता चुनाव चिन्ह सहित चुनावी मैदानमा उत्रिने औपचारिक घोषणा गरेको छ।

राज्य सत्ताले आन्दोलनको मर्म र सहिदहरूको बलिदानलाई उपेक्षा गर्दै जनआन्दोलनबाट आएको म्यान्डेटलाई बेवास्ता गरेको ठहर गर्दै, “सपनालाई मारिन नदिन आफू बाध्य भएर चुनावमा उत्रिएको” शाहीको स्पष्ट भनाइ छ। उनका अनुसार, जेनजी आन्दोलनले अन्तिम क्षणसम्म पनि संयम, संवाद र सहमतिलाई प्राथमिकता दिँदै मुलुकलाई राजनीतिक निकासतर्फ लैजान प्रयास गरेको थियो।

आन्दोलनको केन्द्रीय धारणा ‘निकासपछि मात्र चुनाव’ रहेको उल्लेख गर्दै शाहीले विदेशी शक्तिको प्रभावमा राज्यले जबर्जस्ती निर्वाचन प्रक्रिया अघि बढाएको आरोप लगाए। उनका शब्दमा, “यो सामान्य असहमति होइन, यो जेनजी आन्दोलनको म्यान्डेट माथिको सीधा प्रहार हो।”

यही राजनीतिक षड्यन्त्रको भण्डाफोर गर्न र सहिदहरूको बलिदानलाई न्याय दिलाउन आफ्नो उम्मेदवारी अपरिहार्य कदम भएको उनले बताए। उनको उम्मेदवारी सत्ता प्राप्तिको चाहनाबाट होइन, आन्दोलनको मर्म, जनताको अधिकार र सहिदहरूको सपना माथि भएको अन्याय विरुद्धको प्रतिवाद भएको दाबी गरिएको छ।

यसैबीच, शाहीका कानुनी सल्लाहकार राकेश दिक्षितले राज्यको भूमिका माथि गम्भीर प्रश्न उठाउँदै आन्दोलनलाई अन्तिमसम्म निकास दिन खोज्दा पनि राज्यले विदेशी प्रभावमा परेर जबर्जस्ती चुनाव थोपरेको आरोप लगाएका छन्। “यो लोकतन्त्र होइन, जन-म्यान्डेट माथिको धोका हो,” दिक्षितको भनाइ छ।

जेनजी पक्षले काठमाडौँ–१ लाई क्रान्तिको साक्षी भूमि भन्दै, यही क्षेत्रबाट उठ्ने आवाजले देशव्यापी बहस र आत्मसमीक्षाको ढोका खोल्ने विश्वास व्यक्त गरेको छ। उनीहरूका अनुसार, यो चुनाव सत्ता प्राप्तिको प्रतिस्पर्धा होइन, सत्य र न्यायका लागि लडिने संघर्ष हुनेछ—जहाँ सहिदहरूको रगतले लेखिएको सपना जोगाउने निर्णायक अध्याय सुरु हुनेछ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

जेनजी आन्दोलनको सपना जोगाउन चुनावी संघर्ष : काठमाडौँ–१ बाट अर्जुन शाहीको उम्मेदवारी घोषणा

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

जेनजी आन्दोलनको सपना जोगाउन चुनावी संघर्ष : काठमाडौँ–१ बाट अर्जुन शाहीको उम्मेदवारी घोषणा

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

जेनजी आन्दोलनको सपना जोगाउन चुनावी संघर्ष : काठमाडौँ–१ बाट अर्जुन शाहीको उम्मेदवारी घोषणा

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

जेनजी आन्दोलनको सपना जोगाउन चुनावी संघर्ष : काठमाडौँ–१ बाट अर्जुन शाहीको उम्मेदवारी घोषणा

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

जेनजी आन्दोलनको सपना जोगाउन चुनावी संघर्ष : काठमाडौँ–१ बाट अर्जुन शाहीको उम्मेदवारी घोषणा

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

जेनजी आन्दोलनको सपना जोगाउन चुनावी संघर्ष : काठमाडौँ–१ बाट अर्जुन शाहीको उम्मेदवारी घोषणा

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.