पत्रकार राजु सुवेदीलाई धम्की दिने व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याउन माग

काठमाडौँ, फागुन १९ गते । समाचार लेखेकै आधारमा पत्रकार राजु सुवेदीलाई भौतिक आक्रमणसम्मको धम्की दिइएको घटनाप्रति नेपाल पत्रकार महासंघ ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघ काठमाडौं शाखाका अनुसार भारतीय नागरिकता बोकेको व्यक्तिलाई नेपाली नागरिकता वितरण गरिएको विषयमा प्रकाशित समाचारको निहुँमा पत्रकार सुवेदीलाई सामाजिक सञ्जाल तथा फोन मार्फत धम्की आएको हो। समाचारप्रति असहमति भए प्रचलित विधिअनुसार उपचार खोज्नुपर्नेमा पत्रकारलाई धम्की दिनु निन्दनीय र प्रेस स्वतन्त्रता माथिको गम्भीर आक्रमण भएको महासंघको ठहर छ।

महासंघले धम्की दिने कार्यमा संलग्न व्यक्तिको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेको छ। साथै पत्रकारको सुरक्षाको सुनिश्चितता गर्न पनि आग्रह गरिएको छ।

महासंघका महासचिव रामप्रसाद दाहालले विज्ञप्ति जारी गर्दै यस्ता घटनाले स्वतन्त्र पत्रकारितामाथि त्रास सिर्जना गर्ने भएकाले दोषीमाथि कडा कारबाही हुनुपर्नेमा जोड दिएको छ।

विज्ञप्ति यस्तो हेर्नुहोस ! 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

पत्रकार राजु सुवेदीलाई धम्की दिने व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याउन माग

‘पदयात्रा मात्र होइन, परिणाम चाहियो’ — शिवम् सिमेन्ट प्रदूषणबारे सांसद प्रकाश गौतमलाई विशालराज महतको खुला आग्रह

पत्रकार राजु सुवेदीलाई धम्की दिने व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याउन माग

हेटौंडा–४ मा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष समय तालिका, लाभग्राहीलाई निर्धारित समयमा उपस्थित हुन आग्रह

पत्रकार राजु सुवेदीलाई धम्की दिने व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याउन माग

मकवानपुर बहुमुखी क्याम्पसको सूचना: कक्षा ११ का विद्यार्थीलाई १५ दिनभित्र EMIS ट्रान्सफर गर्न आग्रह

पत्रकार राजु सुवेदीलाई धम्की दिने व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याउन माग

मनहरी गाउँपालिकाले गम्भीर रोगीको औषधि उपचार खर्च नवीकरण तथा नयाँ दर्ताका लागि सूचना जारी

पत्रकार राजु सुवेदीलाई धम्की दिने व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याउन माग

प्राविधिक समस्याका कारण मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री अस्थायी रूपमा स्थगित

पत्रकार राजु सुवेदीलाई धम्की दिने व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याउन माग

डिल्लीबजार कारागारबाट फरार कान्तीपुर सहकारी ठगी मुद्दाका कैदी हेटौंडाबाट पक्राउ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.