जनमतको सम्मान गरौँ, हारले योगदानको मूल्य घटाउँदैन : विशालराज महत

हेटौँडा, फागुन २४ गते । प्रतिनिधि सभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै सेवा, सहयोग र आवाजका अध्यक्ष तथा सामाजिक अभियन्ता विशालराज महतले जनमतको सम्मान गर्न सबैलाई आग्रह गरेका छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले लोकतन्त्रमा जित र हार स्वाभाविक प्रक्रिया भएको बताएका हुन्।

महतले चुनावको परिणाम कुनै एक व्यक्तिको मात्र जित वा हार नभई देश र जनताको सामूहिक निर्णय भएको उल्लेख गरेका छन्। उनले आम जनताले ठूलो आशा र विश्वासका साथ मतदान गर्ने भएकाले जनमतको सम्मान गर्नु सबैभन्दा महत्वपूर्ण विषय भएको बताए।

उनका अनुसार यसपटकको निर्वाचन परिणामले केही रोचक तथा अप्रत्याशित दृश्य पनि देखाएको छ। “जनताले घण्टी चिन्ह त चिने, तर धेरै ठाउँमा उम्मेदवारलाई चिनेनन् जस्तो देखियो,” उनले लेखेका छन्। उनका अनुसार परिवर्तनको चाहना रहेको भनिए पनि प्रचण्डजस्ता पुराना नेताहरू विजयी भएका छन् भने प्रेम सुवाल, कुलमान घिसिङ, राजेन्द्र लिङ्देन, अभिषेक र चन्द्र भण्डारीजस्ता परिचित व्यक्तित्वहरू हार्न पुगेका छन्।

महतले यसलाई एक प्रकारको ‘चमत्कार जस्तै’ परिणाम भएको टिप्पणी गर्दै जनतालाई घण्टी चिन्हले जित्यो भन्ने त थाहा भए पनि वास्तवमा कसले जित्यो भन्ने कुरा धेरैलाई स्पष्ट नभएको उल्लेख गरेका छन्।

उनले देश र समाजका लागि आवश्यक ठानिएका तथा आफ्नो कामबाट प्रमाणित गरेका केही व्यक्तित्वहरू हार्नु दुःखद पक्ष भएको पनि बताएका छन्। “घण्टी चिन्ह नहुनु नै हारको कारण बन्यो भने कतिपय ठाउँमा चिन्हकै कारणले जित्नु नपर्ने व्यक्तिहरू पनि जितेको देखियो,” उनले लेखेका छन्।

यद्यपि उनले हारले कसैको सामाजिक मूल्य, योगदान र इमान्दारीलाई कहिल्यै कम नगर्ने स्पष्ट पारेका छन्। सामाजिक चेतना बोकेको व्यक्ति निराश भएर समाजबाट टाढा हुनु समाजकै लागि घाटा हुने भन्दै उनले हार्ने व्यक्तित्वहरूलाई निराश नहुन आग्रह गरेका छन्।

महतले देशले सही निकास पाओस् र जनताको मतको सधैँ सम्मान होस् भन्ने कामना व्यक्त गर्दै निर्वाचित जनप्रतिनिधिहरूले जनतासँग गरेको वाचा पूरा गर्ने अपेक्षा पनि व्यक्त गरेका छन्। उनले भविष्यमा जनताले निराशाको सामना गर्न नपरोस् भन्ने आशा समेत व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

जनमतको सम्मान गरौँ, हारले योगदानको मूल्य घटाउँदैन : विशालराज महत

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

जनमतको सम्मान गरौँ, हारले योगदानको मूल्य घटाउँदैन : विशालराज महत

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

जनमतको सम्मान गरौँ, हारले योगदानको मूल्य घटाउँदैन : विशालराज महत

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

जनमतको सम्मान गरौँ, हारले योगदानको मूल्य घटाउँदैन : विशालराज महत

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

जनमतको सम्मान गरौँ, हारले योगदानको मूल्य घटाउँदैन : विशालराज महत

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

जनमतको सम्मान गरौँ, हारले योगदानको मूल्य घटाउँदैन : विशालराज महत

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.