हेटौँडा–४ का वडाध्यक्ष नवीन सिग्देलद्वारा सरकारको निर्णयप्रति असन्तुष्टि, पेट्रोलियम मूल्यवृद्धिदेखि नियुक्तिसम्म आलोचना

हेटौँडा, चैत २ गते । हेटौँडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलले वर्तमान सरकारका केही निर्णयप्रति असन्तुष्टि जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै निर्वाचनपछि सरकारबाट जनताले अपेक्षा गरेअनुसार काम हुन नसकेको टिप्पणी गरेका हुन्।

सिग्देलले हालै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको विषयलाई लिएर सरकारको आलोचना गरेका छन्। उनले पेट्रोलमा १५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा १० रुपैयाँका दरले मूल्य बढाइएको निर्णयले सर्वसाधारणलाई थप आर्थिक भार परेको बताएका छन्।

त्यस्तै, उनले ग्यास आपूर्ति र व्यवस्थापनको विषयमा पनि टिप्पणी गर्दै “ग्यास आधा सिलिन्डर भएजस्तो अवस्था सिर्जना भएको” भन्दै सरकारको व्यवस्थापन क्षमतामाथि प्रश्न उठाएका छन्।

वडाध्यक्ष सिग्देलले राजनीतिक नियुक्तिका विषयमा पनि असन्तुष्टि जनाएका छन्। उनले प्रधानमन्त्रीका स्वकीय सचिवलाई एक प्रतिष्ठानको अध्यक्षमा नियुक्त गरिएको उल्लेख गर्दै सरकार पक्षधरलाई मात्र अवसर दिने प्रवृत्ति देखिएको आरोप लगाए।

यसैगरी, उनले गृहमन्त्रीलाई राष्ट्रियसभाको सदस्यका लागि मात्र सिफारिस गरिएको विषय पनि उठाउँदै सरकारका निर्णयहरू जनअपेक्षा अनुसार नभएको बताएका छन्।

साथै, उनले बलात्कार जस्ता गम्भीर अपराधमा संलग्न व्यक्तिमाथि कडा कारबाही नभएको भन्दै सरकारको कार्यशैलीप्रति प्रश्न उठाएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौँडा–४ का वडाध्यक्ष नवीन सिग्देलद्वारा सरकारको निर्णयप्रति असन्तुष्टि, पेट्रोलियम मूल्यवृद्धिदेखि नियुक्तिसम्म आलोचना

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

हेटौँडा–४ का वडाध्यक्ष नवीन सिग्देलद्वारा सरकारको निर्णयप्रति असन्तुष्टि, पेट्रोलियम मूल्यवृद्धिदेखि नियुक्तिसम्म आलोचना

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

हेटौँडा–४ का वडाध्यक्ष नवीन सिग्देलद्वारा सरकारको निर्णयप्रति असन्तुष्टि, पेट्रोलियम मूल्यवृद्धिदेखि नियुक्तिसम्म आलोचना

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

हेटौँडा–४ का वडाध्यक्ष नवीन सिग्देलद्वारा सरकारको निर्णयप्रति असन्तुष्टि, पेट्रोलियम मूल्यवृद्धिदेखि नियुक्तिसम्म आलोचना

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

हेटौँडा–४ का वडाध्यक्ष नवीन सिग्देलद्वारा सरकारको निर्णयप्रति असन्तुष्टि, पेट्रोलियम मूल्यवृद्धिदेखि नियुक्तिसम्म आलोचना

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

हेटौँडा–४ का वडाध्यक्ष नवीन सिग्देलद्वारा सरकारको निर्णयप्रति असन्तुष्टि, पेट्रोलियम मूल्यवृद्धिदेखि नियुक्तिसम्म आलोचना

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.