हेटौडा–४ का वडाध्यक्ष नवीन सिग्देलको आक्रोश: “करबाट विकास हुन्छ, तर पहल बिना सम्भव छैन”

हेटौँडा,बैशाख १४ गते । हेटौडा उपमहानगरपालिका–४ का वडाध्यक्ष तथा नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देलले पछिल्लो समय विकास निर्माण र जनअपेक्षाबारे सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गरेका छन्। उनले जनप्रतिनिधिलाई विकासका विषयमा गरिने आलोचना र व्यङ्ग्यप्रति असन्तुष्टि जनाउँदै वास्तविकता बुझ्न आग्रह गरेका छन्।

सिग्देलले विकास कार्य केवल भाषण र आलोचनाले मात्र सम्भव नहुने उल्लेख गर्दै वर्तमान परिस्थितिले जनप्रतिनिधिलाई विभिन्न चुनौतीहरूबीच काम गर्न बाध्य बनाएको बताए। उनले कतिपयले विकासलाई जनप्रतिनिधिको व्यक्तिगत खर्चबाट भएको जस्तो टिप्पणी गर्ने गरेकोप्रति आपत्ति जनाउँदै विकास राज्यको कोष र जनताले तिरेको करबाट हुने भए पनि त्यसका लागि जनप्रतिनिधिको पहल, प्रयास र निरन्तर सक्रियता अत्यावश्यक हुने स्पष्ट पारे।

उनले हालै वडा कार्यालयमा आएको एक सेवाग्राहीसँगको अनुभव साझा गर्दै सडक निर्माणका विषयमा उत्पन्न विवाद उल्लेख गरे। सेवाग्राहीले आफ्नो घरअगाडिको बाटो तत्काल निर्माण हुनुपर्ने माग राखेपछि सिग्देलले प्राथमिकताका आधारमा काम भइरहेको र आफ्नो कार्यकालमै उक्त काम सम्पन्न गर्ने प्रयास भइरहेको बताएका थिए। तर सेवाग्राहीले “विकास नियमित प्रक्रिया हो, कसैको खल्तीको पैसाले बनेको होइन, हाम्रो करबाट बनेको हो” भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।

यस प्रसङ्गलाई उठाउँदै सिग्देलले विगतमा भएका विकास कार्यहरू—ढुवान नियन्त्रण, सडक सुधार तथा बाढीबाट प्रभावित क्षेत्रको संरक्षण—आफ्नो पहल र निरन्तर प्रयासकै कारण सम्भव भएको दाबी गरे। उनले यस्ता कामहरू नियमित प्रक्रियाले मात्र नभई सक्रिय नेतृत्व र प्रतिबद्धताबाट सम्भव भएको जिकिर गरे।

साथै, उनले हालको राजनीतिक परिवेशप्रति व्यङ्ग्य गर्दै केही धनी व्यक्तिहरू चुनाव जितेर आएको र उनीहरूले जनताको अपेक्षाअनुसार विकास गर्नुपर्ने बताएका छन्। “हामीलाई जसले गरे पनि जसरी गरे पनि विकास चाहिएको हो,” भन्दै उनले जनअपेक्षा पूरा हुनु नै मुख्य उद्देश्य भएको बताए।

वडाध्यक्ष सिग्देलले स्थानीय सरकार सञ्चालनका क्रममा आगलागी, पूर्वाधार क्षति लगायतका कठिन अवस्थाबीच पनि आफूहरू सेवामा निरन्तर खटिरहेको उल्लेख गर्दै जनताको विश्वास कायम राख्न प्रतिबद्ध रहेको बताएका छन्। “न चुक्नु, न झुक्नु” भन्ने सन्देश दिँदै उनले जनसेवामा निरन्तर लागिरहने प्रतिवद्धता व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौडा–४ का वडाध्यक्ष नवीन सिग्देलको आक्रोश: “करबाट विकास हुन्छ, तर पहल बिना सम्भव छैन”

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

हेटौडा–४ का वडाध्यक्ष नवीन सिग्देलको आक्रोश: “करबाट विकास हुन्छ, तर पहल बिना सम्भव छैन”

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

हेटौडा–४ का वडाध्यक्ष नवीन सिग्देलको आक्रोश: “करबाट विकास हुन्छ, तर पहल बिना सम्भव छैन”

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

हेटौडा–४ का वडाध्यक्ष नवीन सिग्देलको आक्रोश: “करबाट विकास हुन्छ, तर पहल बिना सम्भव छैन”

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

हेटौडा–४ का वडाध्यक्ष नवीन सिग्देलको आक्रोश: “करबाट विकास हुन्छ, तर पहल बिना सम्भव छैन”

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

हेटौडा–४ का वडाध्यक्ष नवीन सिग्देलको आक्रोश: “करबाट विकास हुन्छ, तर पहल बिना सम्भव छैन”

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.