भीमफेदी–कुलेखानी सुरुङमार्ग परियोजनामा छानबिनको माग, लगानीकर्ताको रकम दुरुपयोग भएको आरोप

हेटौंडा,बैशाख २६ गते । हर्क सम्पाङ समक्ष सेवा सहयोग र आवाजमा हामी (SSAH), ले भीमफेदी–कुलेखानी सुरुङमार्ग परियोजनामा भएको भनिएको गम्भीर अनियमितता, आर्थिक अपारदर्शिता तथा सम्भावित ठगीप्रति ध्यानाकर्षण गराउँदै उच्चस्तरीय छानबिनको माग गरेको छ।

संस्थाका अध्यक्ष विशालराज महतद्वारा जारी ध्यानाकर्षण पत्रमा नेपाल पूर्वाधार विकास कम्पनीमार्फत सार्वजनिक–निजी साझेदारी (PPP) मोडलमा अघि बढाइएको उक्त परियोजनाले आर्थिक समृद्धि र आकर्षक प्रतिफलको सपना देखाएर देश तथा विदेशमा रहेका नेपाली नागरिकबाट करिब ३४ करोड रुपैयाँ संकलन गरेको उल्लेख गरिएको छ।

पत्रमा स्थानीय बासिन्दाले गाईबाख्रा बेचेर, ऋण काटेर तथा जग्गा समेत बिक्री गरेर परियोजनामा लगानी गरेको दाबी गरिएको छ। तर दशकौं बितिसक्दा पनि सुरुङमार्ग निर्माणको ठोस प्रगति नदेखिएको, संकलित रकमको पारदर्शी विवरण सार्वजनिक नगरिएको तथा कम्पनी सम्पर्कविहीन जस्तै बनेको आरोप लगाइएको छ।

संस्थाले यस्तो अवस्थाले आम नागरिकको राज्य तथा निजी क्षेत्रप्रतिको विश्वास गम्भीर रूपमा कमजोर बनाएको जनाएको छ। जनताको पसिनाबाट संकलित रकमको दुरुपयोग हुनु, परियोजना अलपत्र पर्नु र जिम्मेवार निकाय मौन बस्नु अत्यन्तै गम्भीर विषय भएको उल्लेख गर्दै समयमै छानबिन र कारबाही नभए भविष्यका ठूला पूर्वाधार आयोजनाप्रति नै जनविश्वास समाप्त हुने चेतावनी दिइएको छ।

ध्यानाकर्षण पत्रमार्फत संस्थाले तत्काल उच्चस्तरीय छानबिन समिति गठन गरी संकलित सम्पूर्ण रकमको विवरण सार्वजनिक गर्न, परियोजनाको वर्तमान अवस्था स्पष्ट पार्न, अनियमितता वा ठगीमा संलग्नलाई कानुनी दायरामा ल्याउन, पीडित लगानीकर्ताको लगानी फिर्ता वा क्षतिपूर्ति सुनिश्चित गर्न तथा सम्बन्धित निकायमार्फत आवश्यक कानुनी र प्रशासनिक प्रक्रिया अघि बढाउन माग गरेको छ।

संस्थाले जनताको मेहनत र विश्वासमाथि खेलबाड गर्ने जो कोहीलाई पनि उन्मुक्ति दिन नहुने उल्लेख गर्दै सम्बन्धित निकायले गम्भीरतापूर्वक पहल गर्ने अपेक्षा व्यक्त गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

भीमफेदी–कुलेखानी सुरुङमार्ग परियोजनामा छानबिनको माग, लगानीकर्ताको रकम दुरुपयोग भएको आरोप

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

भीमफेदी–कुलेखानी सुरुङमार्ग परियोजनामा छानबिनको माग, लगानीकर्ताको रकम दुरुपयोग भएको आरोप

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

भीमफेदी–कुलेखानी सुरुङमार्ग परियोजनामा छानबिनको माग, लगानीकर्ताको रकम दुरुपयोग भएको आरोप

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

भीमफेदी–कुलेखानी सुरुङमार्ग परियोजनामा छानबिनको माग, लगानीकर्ताको रकम दुरुपयोग भएको आरोप

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

भीमफेदी–कुलेखानी सुरुङमार्ग परियोजनामा छानबिनको माग, लगानीकर्ताको रकम दुरुपयोग भएको आरोप

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

भीमफेदी–कुलेखानी सुरुङमार्ग परियोजनामा छानबिनको माग, लगानीकर्ताको रकम दुरुपयोग भएको आरोप

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.