उत्तरी गोरखाको ‘लाइफलाइन’ सडक कालोपत्रे गर्न ५१ करोड स्वीकृत, विकासको नयाँ आशा जाग्यो

काठमाडौँ, जेठ ४ गते। पूर्व गृहमन्त्री तथा प्रतिनिधिसभाका सांसद सुदन गुरुङले उत्तरी गोरखाको महत्वपूर्ण सडक खण्ड कालोपत्रे गर्न अर्थ मन्त्रालयबाट ५१ करोड रुपैयाँको स्रोत सहमति स्वीकृत भएको जानकारी दिएका छन्। उनले सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त निर्णयलाई उत्तरी गोरखाको विकास र समृद्धितर्फको “पहिलो ऐतिहासिक पाइला” भएको बताएका हुन्।

गुरुङका अनुसार अन्तरिम सरकारको समयमा उत्तरी गोरखाको भ्रमणका क्रममा हावाडाँडा–माछाखोला सडक मार्ग नेपालबाट भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो सामरिक मार्ग भएको निष्कर्ष निकालिएको थियो। उक्त सडकले गोरखाको आर्थिक, व्यापारिक तथा पर्यटन विकासमा दीर्घकालीन परिवर्तन ल्याउने विश्वासका साथ त्यसबेलादेखि नै यसलाई बहुवर्षीय योजनामा समावेश गर्न पहल गरिएको उनले उल्लेख गरेका छन्।

उनले त्यतिबेला विविध कारणले योजना कार्यान्वयन हुन नसके पनि उक्त विषयलाई आफ्नो निर्वाचन प्रतिबद्धता पत्रमा प्राथमिकताका साथ समावेश गरेर निरन्तर पहल जारी राखिएको बताएका छन्।

लामो प्रयासपछि अहिले हावाडाँडादेखि माछाखोलासम्मको सडक खण्ड कालोपत्रे गर्न अर्थ मन्त्रालयबाट ५१ करोड रुपैयाँको स्रोत सहमति प्राप्त भएको भन्दै उनले यसलाई उत्तरी गोरखाको विकास यात्रामा आशाको नयाँ झिल्कोको रूपमा व्याख्या गरेका छन्।

साथै उनले निर्णय प्रक्रियामा सहयोग पुर्‍याएको भन्दै अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा सडक विभागप्रति सम्पूर्ण गोरखाली जनताको तर्फबाट आभार व्यक्त गरेका छन्। स्थानीयवासीहरूले समेत यो सडक निर्माणले उत्तरी गोरखाको यातायात, व्यापार तथा पर्यटन क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

उत्तरी गोरखाको ‘लाइफलाइन’ सडक कालोपत्रे गर्न ५१ करोड स्वीकृत, विकासको नयाँ आशा जाग्यो

चिसापानी पुल मर्मतपछि हेटौंडा–काठमाडौं वैकल्पिक मार्ग पुनः सञ्चालन, यात्रुलाई सहज

उत्तरी गोरखाको ‘लाइफलाइन’ सडक कालोपत्रे गर्न ५१ करोड स्वीकृत, विकासको नयाँ आशा जाग्यो

चितवन प्रशासनद्वारा राति १० बजेदेखि नारायणघाट–मुग्लिन–काठमाडौं सडकमा सवारी आवागमन बन्द

उत्तरी गोरखाको ‘लाइफलाइन’ सडक कालोपत्रे गर्न ५१ करोड स्वीकृत, विकासको नयाँ आशा जाग्यो

जलविरेमा तीन सवारी एकआपसमा ठोक्किँदा ३० जना घाइते, मुग्लिन–नारायणगढ सडक पुनः अवरुद्ध

उत्तरी गोरखाको ‘लाइफलाइन’ सडक कालोपत्रे गर्न ५१ करोड स्वीकृत, विकासको नयाँ आशा जाग्यो

हेटौँडा–४ मा नयाँ आर्थिक वर्षमा पूर्वाधारदेखि शिक्षा–स्वास्थ्यसम्म २३ प्राथमिकता, अधुरा आयोजना सम्पन्न गर्ने वडाध्यक्ष सिग्देलको प्रतिबद्धता

उत्तरी गोरखाको ‘लाइफलाइन’ सडक कालोपत्रे गर्न ५१ करोड स्वीकृत, विकासको नयाँ आशा जाग्यो

दक्षिण एसियाकै पहिलो ऐतिहासिक चुरियामाई सुरुङको व्यवस्थापन जिम्मा स्थानीय समितिलाई

उत्तरी गोरखाको ‘लाइफलाइन’ सडक कालोपत्रे गर्न ५१ करोड स्वीकृत, विकासको नयाँ आशा जाग्यो

बागझोरामा पानीको बहाव बढेपछि हेटौँडा–भैँसे–भीमफेदी सडकखण्ड तत्कालका लागि बन्द

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.