मेडिकल व्यवसायी दुर्गा प्रसाई वीरगंजबाट पक्राउ

वीरगंज,जेठ ४ गते। मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाई लाई प्रहरीले वीरगंजबाट पक्राउ गरेको छ।

प्रहरी स्रोतका अनुसार प्रसाईलाई वीरगंजस्थित दियालो होटलबाट मंगलबार पक्राउ गरिएको हो। उनलाई “माथिको आदेश” भन्दै नियन्त्रणमा लिइएको बताइएको छ। यद्यपि, कुन आरोप वा कसुरमा पक्राउ गरिएको हो भन्ने विषयमा आधिकारिक जानकारी भने सार्वजनिक गरिएको छैन।

प्रसाई सोमबार सिमरा विमानस्थल हुँदै वीरगंज पुगेका थिए। वीरगंजमा आयोजना हुने कार्यक्रममा सहभागी हुन उनी त्यहाँ पुगेका हुन्। कार्यक्रममा सहभागी हुनुअघि उनले विमानस्थलमै सञ्चारकर्मीसँग कुराकानी गर्दै वर्तमान सरकार र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूमाथि आलोचनात्मक टिप्पणी गरेका थिए।

प्रहरीले पक्राउबारे पुष्टि गरे पनि विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ। घटनापछि प्रसाई समर्थकमाझ चासो र चर्चा बढेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

मेडिकल व्यवसायी दुर्गा प्रसाई वीरगंजबाट पक्राउ

चिसापानी पुल मर्मतपछि हेटौंडा–काठमाडौं वैकल्पिक मार्ग पुनः सञ्चालन, यात्रुलाई सहज

मेडिकल व्यवसायी दुर्गा प्रसाई वीरगंजबाट पक्राउ

चितवन प्रशासनद्वारा राति १० बजेदेखि नारायणघाट–मुग्लिन–काठमाडौं सडकमा सवारी आवागमन बन्द

मेडिकल व्यवसायी दुर्गा प्रसाई वीरगंजबाट पक्राउ

जलविरेमा तीन सवारी एकआपसमा ठोक्किँदा ३० जना घाइते, मुग्लिन–नारायणगढ सडक पुनः अवरुद्ध

मेडिकल व्यवसायी दुर्गा प्रसाई वीरगंजबाट पक्राउ

हेटौँडा–४ मा नयाँ आर्थिक वर्षमा पूर्वाधारदेखि शिक्षा–स्वास्थ्यसम्म २३ प्राथमिकता, अधुरा आयोजना सम्पन्न गर्ने वडाध्यक्ष सिग्देलको प्रतिबद्धता

मेडिकल व्यवसायी दुर्गा प्रसाई वीरगंजबाट पक्राउ

दक्षिण एसियाकै पहिलो ऐतिहासिक चुरियामाई सुरुङको व्यवस्थापन जिम्मा स्थानीय समितिलाई

मेडिकल व्यवसायी दुर्गा प्रसाई वीरगंजबाट पक्राउ

बागझोरामा पानीको बहाव बढेपछि हेटौँडा–भैँसे–भीमफेदी सडकखण्ड तत्कालका लागि बन्द

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.