बाघफल, कार्तिक १२ गते । मकवानपुरको बकैया गाउँपालिका–१ बाघफलमा श्रीमतीसँग झैझगडा तथा कुटपिट हुँदा श्रीमानको मृत्यु भएको छ।
प्राप्त विवरणअनुसार, गत कात्तिक ११ गते राति करिब १ बजे बकैया गाउँपालिका–१ बाघफलमा स्थानीय ५३ वर्षीय टेकबहादुर मुक्तान र उनकी ४५ वर्षीया श्रीमती प्रेमकुमारी मुक्तानबीच झैझगडा तथा कुटपिट भएको थियो। उक्त घटनामा टेकबहादुर मुक्तानको मृत्यु भएको जनाइएको छ।
घटनापछि प्रहरीले प्रेमकुमारी मुक्तानलाई नियन्त्रणमा लिएको छ। उनलाई मकवानपुर जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनाको कारण तथा अन्य विवरणबारे थप अनुसन्धान भइरहेको छ।
प्रतिकृया दिनुहोस्
Views: 61

















