Day: २०८३ कार्तिक १२, बिहीबार २०:२६

मनहरीको ज्यामिरेमा ट्रकको ठक्करबाट ७० वर्षीय पैदलयात्री गम्भीर घाइते

मनहरीको ज्यामिरेमा ट्रकको ठक्करबाट ७० वर्षीय पैदलयात्री गम्भीर घाइते

ज्यामिरे, कार्तिक १२ गते । मकवानपुरको मनहरी गाउँपालिका–९, ज्यामिरेमा ट्रकको ठक्करबाट एक जना पैदलयात्री गम्भीर घाइते भएका छन्। बिहीबार साँझ करिब ५ः३५ बजे पूर्व–पश्चिम सडकखण्डअन्तर्गत ज्यामिरेमा चितवनबाट हेटौँडातर्फ जाँदै गरेको ना.४ ख ५९७७ नम्बरको ट्रकले पैदलयात्रीलाई ठक्कर दिएको हो। दुर्घटनामा चितवनको रत्ननगर नगरपालिका–३, टाँडी बेल्छी घर भएका करिब ७० वर्षीय रामनाथ विक घाइते भएका छन्। उनको टाउको तथा दुवै हातमा चोट लागेको प्रहरीले जनाएको छ। दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मनहरी, मकवानपुरबाट ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा खटिएको थियो। घाइते विकलाई मनहरी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि चितवन रिफर गरिएको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।…
Read More
बकैया–१ मा श्रीमतीसँगको झगडापछि श्रीमानको मृत्यु, श्रीमती प्रहरी नियन्त्रणमा

बकैया–१ मा श्रीमतीसँगको झगडापछि श्रीमानको मृत्यु, श्रीमती प्रहरी नियन्त्रणमा

बाघफल, कार्तिक १२ गते । मकवानपुरको बकैया गाउँपालिका–१ बाघफलमा श्रीमतीसँग झैझगडा तथा कुटपिट हुँदा श्रीमानको मृत्यु भएको छ। प्राप्त विवरणअनुसार, गत कात्तिक ११ गते राति करिब १ बजे बकैया गाउँपालिका–१ बाघफलमा स्थानीय ५३ वर्षीय टेकबहादुर मुक्तान र उनकी ४५ वर्षीया श्रीमती प्रेमकुमारी मुक्तानबीच झैझगडा तथा कुटपिट भएको थियो। उक्त घटनामा टेकबहादुर मुक्तानको मृत्यु भएको जनाइएको छ। घटनापछि प्रहरीले प्रेमकुमारी मुक्तानलाई नियन्त्रणमा लिएको छ। उनलाई मकवानपुर जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाको कारण तथा अन्य विवरणबारे थप अनुसन्धान भइरहेको छ।
Read More
रजतजयन्ती र कर्णावती सडक निर्माणमा ढिलाइप्रति मेयर लामाको चासो, काम अघि बढाउन संघीय सरकारसँग आग्रह

रजतजयन्ती र कर्णावती सडक निर्माणमा ढिलाइप्रति मेयर लामाको चासो, काम अघि बढाउन संघीय सरकारसँग आग्रह

हेटौंडा, कार्तिक १२ गते । हेटौंडा उपमहानगरपालिका–४ स्थित रजतजयन्ती सडक र हेटौंडा उपमहानगरपालिका–७ र ८ जोड्ने कर्णावती सडक निर्माणमा भइरहेको ढिलाइप्रति उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले चासो व्यक्त गरेकी छन्। उनले सडक निर्माण कार्य समयमै सम्पन्न गराउन सम्बन्धित निकायलाई निर्देशन दिन नेपाल सरकारसँग आग्रह गरेकी छन्। मेयर लामाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै दुवै सडकको ठेक्का संघीय सरकारअन्तर्गत सहरी सघन कार्यक्रम, चितवन कार्यालयमार्फत लगाइएको जानकारी दिएकी छन्। उनका अनुसार अहिले यी सडकको निर्माण कार्य सुचारु भएको देखिएको छैन। सडक निर्माणको ठेक्का संघीय सरकारअन्तर्गतका निकायले लगाएकाले उपमहानगरपालिकाको भूमिका सहजीकरणमा मात्रै सीमित रहेको मेयर लामाको भनाइ छ। सडक निर्माणसम्बन्धी अन्य…
Read More
‘अर्नब’ चक्रवातको प्रभावले नेपालमा वर्षा र हिमपातको सम्भावना, विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन

‘अर्नब’ चक्रवातको प्रभावले नेपालमा वर्षा र हिमपातको सम्भावना, विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन

काठमाडौँ, कार्तिक १२ गते । बंगालको खाडीमा विकसित भएको ‘अर्नब’ चक्रवातका कारण नेपालमा पर्न सक्ने मौसमी प्रभावलाई मध्यनजर गर्दै विपद् प्रतिकार्य कमाण्ड पोष्टको बैठक बसेको छ। बैठकमा चक्रवातको पछिल्लो अवस्था, सम्भावित मौसमजन्य विपद् र त्यसबाट उत्पन्न हुन सक्ने जोखिम न्यूनीकरण तथा प्रतिकार्यको तयारीबारे छलफल गरिएको छ। बैठकमा सम्बन्धित कार्यालयका प्रतिनिधिहरूले मौसममा आउन सक्ने परिवर्तन, बाढीको सम्भावना, पहिरोको जोखिम तथा सडक अवरुद्ध भएमा तत्काल सञ्चालनमा ल्याउन गरिएका तयारीबारे जानकारी गराएका थिए। नेपाल मौसम विज्ञान विभागका प्रतिनिधि तथा प्रवक्ता विभूति पोखरेलले ‘अर्नब’ चक्रवात नेपाल प्रवेश गर्दा कमजोर भइसकेको भए पनि त्यसको प्रभावले देशका विभिन्न स्थानमा वर्षा, हिमपात तथा सामान्य हावाहुरीको सम्भावना रहेको…
Read More
सवारीसाधनबाट हुने वायु प्रदूषण नियन्त्रण गर्न विशालराज महतको माग, नियमनकारी निकायको ध्यानाकर्षण

सवारीसाधनबाट हुने वायु प्रदूषण नियन्त्रण गर्न विशालराज महतको माग, नियमनकारी निकायको ध्यानाकर्षण

हेटौंडा, कार्तिक १२ गते । सवारीसाधनबाट निस्कने धुवाँले वातावरण र जनस्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भन्दै सेवा सहयोग र आवाजमा हामीका अध्यक्ष तथा सामाजिक अभियन्ता विशालराज महतले सम्बन्धित नियमनकारी निकायको ध्यानाकर्षण गराएका छन्। महतले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सवारीसाधनबाट हुने वायु प्रदूषण नियन्त्रणका लागि प्रभावकारी अनुगमन, नियमित प्रदूषण जाँच र मापदण्डविपरीत धुवाँ उत्सर्जन गर्ने सवारीसाधनमाथि कानुनअनुसार कारबाही गर्नुपर्नेमा जोड दिएका छन्। उनले एउटा गाडीबाट निस्कने धुवाँ सामान्य लागे पनि दैनिक हजारौँ सवारीसाधनले यसरी नै प्रदूषण फैलाइरहँदा वातावरणमा पर्ने असर गम्भीर हुन सक्ने उल्लेख गरेका छन्। वायु प्रदूषणले मानव स्वास्थ्य, जीवजन्तु, वनस्पति तथा समग्र पर्यावरणमा दीर्घकालीन नकारात्मक प्रभाव पार्ने…
Read More
मकवानपुरको भीमफेदीमा बसको ठक्करबाट ६३ वर्षीया महिलाको घटनास्थलमै मृत्यु

मकवानपुरको भीमफेदीमा बसको ठक्करबाट ६३ वर्षीया महिलाको घटनास्थलमै मृत्यु

ईपा देउराली, कार्तिक १२ गते । मकवानपुरको भीमफेदी गाउँपालिका–८, ईपा देउरालीमा बसको ठक्करबाट एक महिलाको घटनास्थलमै मृत्यु भएको छ। आज बिहान करिब ७:३० बजे ईपा देउराली–कोगटे–भीमफेदी–हेटौँडा भित्री सडकखण्डमा उक्त दुर्घटना भएको हो। प्राप्त विवरणअनुसार, ईपाबाट हेटौँडातर्फ आउँदै गरेको बा २ ख ९४३० नम्बरको बसमा सवार भई आएकी भीमफेदी गाउँपालिका–८, ईपा निवासी करिब ६३ वर्षीया लीला देवी खत्री बसबाट ओर्लिएपछि बसको अगाडिबाट बाटो काट्ने क्रममा सोही बसको ठक्करमा परेकी थिइन्। ठक्करबाट उनको टाउकोमा चोट लागेको र घटनास्थलमै मृत्यु भएको जनाइएको छ। दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदी र इलाका प्रहरी कार्यालय ठिङ्गनबाट ट्राफिक प्रहरीसहित २० जनाको प्रहरी टोली घटनास्थलतर्फ…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.