समाचार

पाथिभरा केवलकार निर्माण कार्य अघि बढ्ने बाटो खुल्यो

पाथिभरा केवलकार निर्माण कार्य अघि बढ्ने बाटो खुल्यो

ताप्लेजुङ,३१ वैशाख। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथिभरामा निर्माण हुँदै आएको केवलकार परियोजनालाई रोक्न यसअघि जारी गरिएको अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने आदेश सर्वोच्च अदालतले दिएको छ। न्यायाधीश डा. नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले उक्त परियोजनाविरुद्ध दायर गरिएको रिट निवेदनमा अन्तरिम आदेश दिनु नपर्ने ठहर गर्दै बाटो खुला गरिदिएको हो।यसअघि गत चैत महिनामा यामबहादुर लिम्बुसहितले पाथिभरा केवलकार निर्माण कार्य रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। प्रारम्भिक सुनुवाइपछि न्यायाधीश शारंगा सुवेदीको इजलासले दुबै पक्षलाई छलफलका लागि झिकाएर निर्माण कार्यलाई यथास्थितिमा राख्न आदेश दिएको थियो। छलफलपछि डा. सुवेदी र मुसलमानको इजलासले अन्तरिम आदेश आवश्यक नरहेको ठहर गर्दै काम…
Read More
सोलुखुम्बुमा ४.६ म्याग्निच्युडको भूकम्प,धक्का महसुस

सोलुखुम्बुमा ४.६ म्याग्निच्युडको भूकम्प,धक्का महसुस

काठमाडौं,३१ वैशाख। सोलुखुम्बुलाई केन्द्रबिन्दु बनाएर बुधबार साँझ ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ६ बजेर ११ मिनेट जाँदा सोलुखुम्बुको छेस्काम आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो। यसअघि पनि वैशाख महिनामा विभिन्न स्थानमा भूकम्पका धक्का महसुस भएका थिए। वैशाख १४ गते डोल्पाको कान्जिरोवा केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसैगरी, वैशाख १२ गते सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव १ म्याग्निच्युड र वैशाख ११ गते रुकुम पूर्वमा ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको थियो। पछिल्लो समय नेपालका विभिन्न भागमा लगातार भूकम्पका साना धक्का महसुस भइरहेका छन्।
Read More
मखनटोल आगलागीमा मृत्यु भएकी वृद्धाको सनाखत

मखनटोल आगलागीमा मृत्यु भएकी वृद्धाको सनाखत

काठमाडौँ। महानगरपालिका-२४ मखनटोलस्थित सुरज आर्केड पछाडिको दुई घरमा आज बिहान ग्यास चुहिएर स्थानीय दयाराम श्रेष्ठको चारतले माटो र काठले बनेको घरमा आगलागी भएको थियो। उक्त आगो फैलिएर नजिकै रहेको रुकेश श्रेष्ठको पाँचतले पक्की घरमा समेत पुगेको थियो। प्रहरी उपरीक्षक बोहराले दिएको जानकारी अनुसार बिहान करिब १० बजे आगो पूर्णरूपमा नियन्त्रणमा लिइएको थियो। आगो नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको थियो। करिब तीन घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
Read More
मखनटोलमा भीषण आगलागी, एक महिलाको मृत्यु

मखनटोलमा भीषण आगलागी, एक महिलाको मृत्यु

काठमाडौं। काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित मखन टोलमा आज भीषण आगलागी भएको थियो। जुन आगलागि अहिले दमकल, नेपाली सेना, सुरक्षाकर्मी र स्थानीय बासिन्दाको सक्रियतामा नियन्त्रणमा लिइएको छ। काठमाडौं प्रहरी प्रवक्ता अपिल राज बोहराका अनुसार आगलागीमा परी एक महिलाको मृत्यु भएको छ, तर उनको पहिचान खुल्न बाँकी छ। प्रहरीले दिएको जानकारी अनुसार, सुरज आर्केडको पछाडि रहेको मखन गल्लीमा दयाराम श्रेष्ठको चार तले कच्ची घरको तेस्रो तल्लाबाट ग्यास चुहिएर आगलागी सुरु भएको थियो। आगोले दयाराम श्रेष्ठको घरसँगै जोडिएको रुकेश श्रेष्ठको पाँच तले पक्की घरमा समेत क्षति पुर्याएको छ। आगो निभाउन काठमाडौं र ललितपुरका ६ वटा दमकल प्रयोग गरिएको थियो। स्थानीय बासिन्दा…
Read More
पोखराको पीएन क्याम्पसमा शिक्षकद्वारा विद्यार्थीमाथि जातीय दुर्व्यवहारको आरोप,शिक्षक निलम्बित

पोखराको पीएन क्याम्पसमा शिक्षकद्वारा विद्यार्थीमाथि जातीय दुर्व्यवहारको आरोप,शिक्षक निलम्बित

पोखरा। पोखरास्थित पृथ्वीनारायण क्याम्पस (पीएन) का व्यवस्थापन संकायका शिक्षक डा. देविलाल शर्मामाथि विद्यार्थीलाई जातीय दुर्व्यवहार गरेको आरोप लागेको छ। व्यवस्थापन संकायतर्फ एमबिए फाइनान्स विषयको शैक्षिक अवलोकन भ्रमणका क्रममा विद्यार्थी अमन परियारलाई शिक्षक शर्माले जातीय दुर्व्यवहार गरेको बताइएको छ। उक्त घटनालाई लिएर स्वतन्त्र विद्यार्थी युनियन, दलित विद्यार्थी समाज र तराई कानुन विद्यार्थी मञ्चले विज्ञप्ति जारी गर्दै विरोध जनाएका छन्। विद्यार्थी संगठनहरूले जातीय विभेद गर्ने शिक्षकलाई कडा कारबाहीको माग गरेका छन्। यसैबीच, क्याम्पस प्रशासनले घटनाको छानबिन सुरु गरेको छ। क्याम्पसले डा. शर्मालाई अनुसन्धान विभागको विभागीय प्रमुख पदबाट हटाइसकेको छ। उनी चार दिनअघि मात्रै उक्त पदमा नियुक्त भएका थिए।
Read More
त्रिशूली नदीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता,खोजी जारी

त्रिशूली नदीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता,खोजी जारी

नुवाकोट। नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित त्रिशूली नदीमा मंगलबार साँझ नुहाउन गएका दुई बालिका बेपत्ता भएका छन्। विद्यालयबाट फर्केपछि साँझ ६ बजेतिर नुहाउन गएका ११ वर्षीया बालिका जेनी डंगोल र सदीक्षा राईलाई नदीले बगाएको जिल्ला प्रहरी प्रमुख एसपी दुर्गाराज रेग्मीले जानकारी दिएका छन्। घटनाको सूचना प्राप्त हुनासाथ स्थानीय र सुरक्षाकर्मीको टोलीले बेपत्ता बालिकाको खोजी कार्य तीव्र पारेको छ। एसपी रेग्मीका अनुसार, बालिका बेपत्ता भएलगत्तै खोजी थालिए पनि बुधबार बिहानसम्म उनीहरूको अवस्था अज्ञात छ। यसैबीच, सशस्त्र प्रहरी बलले पनि बेपत्ता बालिकाको खोजीका लागि विपद् व्यवस्थापनमा तालिम प्राप्त सुरक्षा फौज परिचालन गरेको जनाएको छ। नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–७ कचौडे भिरस्थित त्रिशूली नदीमा नुहाउने…
Read More
बिहे घरमा करेन्ट लाग्दा मोरङमा दुई महिलाको मृत्यु

बिहे घरमा करेन्ट लाग्दा मोरङमा दुई महिलाको मृत्यु

मोरङ। विवाह घरमा करेन्ट लाग्दा मोरङमा दुई महिलाको मृत्यु भएको छ । बैशाख ३० गते राति रतुवामाई नगरपालिका– ३ मिर्चा डाँगी टोलकी ७० वर्षीया रामुदेवी गनगाईं र ७३ वर्षीया सुर्यदेवी गनगाईंको मृत्यु भएको हो। स्थानीय मंगललाल सिंहको छोरा निरजकुमार विवाहमा नाचगान गरिरहेका बेला उनीहरुलाई करेन्ट लागेको थियो। प्रहरीका अनुसार बिवाह घर माथि हरियो बाँस गाडेर माइक बाँधिएको थियो । राति करिब ८ बजे आएको हावाहुरीले त्यो बाँस ढलेर हाइटेन्सन लाइनमा ठोक्कियो । बाँसले हाइटेन्सन लाइनमा छुँदा बिहे घरमा रहेका तीन महिलालाई करेन्ट लागेको थियो । जस मध्ये दुई जनाको मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले जानकारी…
Read More
धरानमा अध्ययन/अनुसन्धान गर्न आउनुअघि मेयरको अनुमति अनिवार्य लिनुपर्ने

धरानमा अध्ययन/अनुसन्धान गर्न आउनुअघि मेयरको अनुमति अनिवार्य लिनुपर्ने

धरान। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानमा अध्ययन, अनुसन्धान वा अन्य कुनै पनि कामका लागि आउँदा आफ्नो अनुमति अनिवार्य लिनुपर्ने उल्लेख गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत एक कडा चेतावनी जारी गर्दै यस्तो निर्देशन दिएका हुन्। मेयर साम्पाङले आफ्नो फेसबुक पोस्टमा लेखेका छन्, "जुनसुकै निकाय, जत्रो सुकै निकाय किन नहोस्, धरानमा अनुसन्धान, अध्ययन या कुनै किसिमको सोधपुछ गर्न आउनुअघि मेरो (नगरप्रमुखको) अनुमति अनिवार्य लिनुहोला ! अन्यथा, अपमानित बन्नुपर्ला !" मेयरको यो अभिव्यक्तिले धरानमा अब कुनै पनि संघसंस्था वा निकायले कुनै पनि प्रकारको अध्ययन वा अनुसन्धान गर्न आउनुअघि अनिवार्य रूपमा नगर प्रमुखको अनुमति लिनुपर्ने देखिएको छ। अन्यथा, मेयर साम्पाङले त्यस्ता व्यक्ति…
Read More
उदयपुरमा दृष्टिविहीन विद्यार्थीलाई ब्रेल शैक्षिक सामग्री सहयोग

उदयपुरमा दृष्टिविहीन विद्यार्थीलाई ब्रेल शैक्षिक सामग्री सहयोग

गाईघाट,उदयपुर। नेपाल नेत्रज्योती संघ, मदन भण्डारी आँखा अस्पताल गाईघाट उदयपुरले चौदण्डीगढी नगरपालिका-५ स्थित आधारभूत विद्यालय सिवाई बेल्हाको स्रोत कक्षामा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूलाई ब्रेल लिपीका शैक्षिक सामग्री सहयोग गरेको छ। कक्षा १ देखि ९ सम्म अध्ययन गर्ने १० जना विद्यार्थीलाई एक वर्षसम्म पुग्ने ब्रेल लिपीका सामग्रीहरू प्रदान गरिएको हो। मंगलबार विद्यालयमा आयोजित एक कार्यक्रममा मदन भण्डारी आँखा अस्पताल गाईघाट उदयपुरका अध्यक्ष भागवत राउतले विद्यालयका प्रधानाध्यापक भास्कर चौधरीलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए। सहयोग सामग्रीमा ब्रेल लेख्न प्रयोग हुने स्टाइलस, सिलेट र ब्रेल पेपर रहेका छन्। विद्यालयका प्रधानाध्यापक भास्कर चौधरीले नेपाल नेत्रज्योती संघको यो सहयोगले दृष्टिविहीन विद्यार्थीहरूको अध्ययनमा ठूलो मद्दत पुग्ने बताए।…
Read More
उर्लाबारीको मेचि चश्मा घर: विश्वासिलो आँखा जाँच सेवा प्रदान गर्दै

उर्लाबारीको मेचि चश्मा घर: विश्वासिलो आँखा जाँच सेवा प्रदान गर्दै

उर्लाबारी। उर्लाबारी चोकस्थित मेचि चश्मा घर तथा आई क्लिनीकले आँखासम्बन्धी गुणस्तरिय जाँच सेवा प्रदान गर्दै सेवाग्राहीको विश्वास जित्दै गएको छ। विशेषगरी हरेक शुक्रबार प्रदान गरिने निःशुल्क आँखा जाँच सेवाले समुदायमा राम्रो प्रभाव पारेको छ। वि.सं. २०७७ सालदेखि सञ्चालनमा आएको सो आई क्लिनिकलाई कमल गाउँपालिका–२ सुनाराका २६ वर्षीय अफथाल्मिक टेक्निसियन मनिष सुवेदीले सञ्चालन गर्दै आएका छन्। उनकाअनुसार उक्त चश्मा घरमा हरेक दिन ३० देखि ३५ जना सेवाग्राहीले आँखासम्बन्धी जाँच तथा परामर्श लिने गरेका छन्। सो चश्मा घरमा हरेक दिन डा. संगिता यादवद्वारा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विशेषज्ञ सेवा प्रदान गरिन्छ। अत्याधुनिक प्रविधियुक्त उपकरणको प्रयोग हुने उक्त चश्मा घरमा आँखाको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.