Day: २०८२ जेष्ठ १६, शुक्रबार २२:०४

दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्नुपर्ने मागसहित राजधानीको माइतीघरमा समर्थकले धर्ना दिएका छन् । शुक्रबार राष्ट्रिय झण्डासहित भेला भएका समर्थकले माइतीघर सडकमा धर्ना दिएका हुन् । सो क्रममा उनीहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा समेत माग गरे । चैत १५ गते भएको राजावादी प्रदर्शनमा हिंसा भड्काएको आरोपमा प्रसाईं हाल थुनामा छन् ।
Read More
बिदुर नगरपालिकाको नयाँ भवनबाट सेवा प्रवाह सुरु

बिदुर नगरपालिकाको नयाँ भवनबाट सेवा प्रवाह सुरु

नुवाकोट। नुवाकोटको विदुर नगरपालिकाले अब आफ्नै सुविधासम्पन्न भवनबाट सेवा प्रवाह सुरु गरेको छ। भवन निर्माणको काम पूर्णरूपमा सकिए पश्चात विदुर नगरपालिका–४ मा नवनिर्मित आधुनिक भवनबाट प्रशासकीय सेवाहरू सञ्चालनमा आएका हुन्। २०७२ सालको भूकम्पले पुरानो भवनमा क्षति पुर्‍याएपछि सोही स्थानमा नयाँ भवन निर्माण गरिएको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले जानकारी दिए। कुल १७ करोड रुपैयाँको लागतमा चारतल्ले सुविधासम्पन्न भवन निर्माण गरिएको हो। यस नयाँ भवनबाट नगरवासीलाई थप सहज र प्रभावकारी सेवा उपलब्ध गराउन मद्दत पुग्ने विश्वास लिइएको छ।
Read More
खिन्नता, उदासिनता र नैराश्यता मार्क्सवादमा पर्दैन-केदार न्यौपाने

खिन्नता, उदासिनता र नैराश्यता मार्क्सवादमा पर्दैन-केदार न्यौपाने

मकवानपुर । प्रगतिशिल लेखक संघ मकवानपुरद्वारा आयोजित मार्क्सवादी सौन्दर्य चेतना विषयक विमर्श कार्यक्रममा आफ्नो विचार राख्दै केदार न्यौपानेले खिन्नता, उदासिनता र नैराश्यता मार्क्सवादमा नपर्ने बताएका छन् । गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रम हेटौंडा-४ स्थित साहित्य संगम तथा सिस्नुपानी नेपाल मकवानपुरको सभाहलमा भएको हो । प्रमुख अतिथि तथा वक्ता केदार न्यौपानेको उपस्थितिमा भएको कार्यक्रममा मार्क्सवादी सौन्दर्य चेतनाको विषयमा गहन छलफल भएको छ । कार्यक्रममा भोगेन्द्र लुइटेलले कार्यपत्र प्रस्तुत गरेका छन् । विमर्श कार्यक्रममा  प्रस्तुत कार्यपत्रको टिप्पणी प्रह्लाद लामिछनेले गरेका हुन् । कार्यक्रममा प्रस्तुत कार्यपत्रमाथी प्रकाश पार्दै कार्यक्रमका प्रमुख अतिथी केदार न्यौपानेले खिन्नता, उदासिनता र नैराश्यता मार्क्सवादी सौन्दर्यमा नपर्ने बताएका छन् ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.