२०८२ श्रावण १४, बुधबार २३:१३
२०८२ श्रावण १४, बुधबार २३:१३
हेटौँडा। नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्। बुधबार हेटौँडामा सम्पन्न निर्वाचनमा प्रतिस्पर्धी बहादुर सिंह लामालाई ८ मतान्तरले पछि पार्दै बानियाँ दलको नेतामा चुनिएका हुन्। कुल ३७ मत खसेको निर्वाचनमा बानियाँले २२ मत प्राप्त गरे भने लामाले १४ मतमा चित्त बुझाए। खसेको मतमध्ये एक मत बदर भएको थियो। बागमती प्रदेश सभामा कांग्रेसका ३७ सांसद छन् र बानियाँले बहुमत २२ मतसहित दलको नेतृत्व सम्हाल्ने भएका छन्।