Day: २०८२ भाद्र १९, बिहीबार २०:२७

सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको नेपाल पत्रकार महासंघद्वारा विरोध

सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको नेपाल पत्रकार महासंघद्वारा विरोध

काठमाडौँ, भदौ १९ । नेपाल सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि नेपाल पत्रकार महासंघले कडा आपत्ति जनाएको छ। महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा कुनै विकल्प बिना सामाजिक सञ्जाल बन्द गर्ने निर्णय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचना प्रवाह र नागरिकको सूचना पाउने हकमा प्रहार भएको उल्लेख गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “सामाजिक सञ्जाल रोक्दा नागरिकको सूचना पाउने हक प्रभावित हुन्छ र प्रेस स्वतन्त्रतामाथि प्रत्यक्ष प्रहार हुन्छ, त्यसैले सरकारले यस्तो कदम फिर्ता लिनुपर्छ।” महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारभूत तत्व भएको भन्दै सामाजिक सञ्जाल नियन्त्रणको निर्णय तत्काल हटाउन माग गरेको छ। साथै, नागरिकको सूचना पाउने हकलाई कुण्ठित गर्ने प्रयास कुनै…
Read More
नेपालमा फेसबुक, युट्युब, इन्स्टाग्रामसहित २६ सामाजिक सञ्जाल निष्क्रिय गर्न निर्देशन

नेपालमा फेसबुक, युट्युब, इन्स्टाग्रामसहित २६ सामाजिक सञ्जाल निष्क्रिय गर्न निर्देशन

काठमाडौं, भदौ १९ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल भित्र प्रयोगमा रहेका विभिन्न सामाजिक सञ्जाल प्लेटफर्महरूलाई तत्काल निष्क्रिय गर्न सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ। प्राधिकरणले २०८२ साल भदौ १९ गते (२०८२ को मन्त्रिपरिषद्को निर्णयअनुसार) सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आदेशमा यो निर्देशन जारी गरेको हो। निर्देशनअनुसार नेपालमा अब फेसबुक, फेसबुक मेसेंजर, इन्स्टाग्राम, युट्युब, व्हाट्सएप, ट्विटर (X), लिंक्डइन, स्न्यापच्याट, रिडिट, डिस्कोर्ड, पिन्टरेस्ट, सिग्नल, थ्रेड्स, वीच्याट, क्वोरा, टम्बलर, क्लबहाउस, मास्टोडन, रमबल, मीवी, भीके (VK), लाइन, आइएमओ (IMO), जालो (Zalo), सोल (Soul) र हाम्रापत्रो जस्ता सामाजिक सञ्जालहरू निष्क्रिय गरिने भएका छन्।
Read More
सामाजिक सञ्जाल प्रयोग व्यवस्थित गर्न ७ दिनभित्र दर्ता अनिवार्य गर्ने सरकारको सूचना

सामाजिक सञ्जाल प्रयोग व्यवस्थित गर्न ७ दिनभित्र दर्ता अनिवार्य गर्ने सरकारको सूचना

काठमाडौं, भदौ १९ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा प्रयोग भइरहेका स्वदेशी वा विदेशी अनलाइन तथा सामाजिक सञ्जाल प्लाटफर्महरूलाई ७ दिनभित्र अनिवार्य रूपमा दर्ता र सूचीकरण गर्न निर्देशन दिएको छ। मन्त्रालयले बिहिबार एक सार्वजनिक सूचना जारी गर्दै सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित गर्न आवश्यक तयारी स्वरूप सात दिनको समयसीमा तोकेको हो। उक्त सूचनामा भनिएको छ, "निर्धारित म्यादभित्र दर्ता नगरिएका सामाजिक सञ्जाल प्लेटफर्मलाई नेपालभित्र निष्क्रिय गराइनेछ।" यसअघि सर्वोच्च अदालतको आदेश अनुसार सामाजिक सञ्जाल सञ्चालनपूर्व नेपाल सरकारको अनुमति र सूचीकरण आवश्यक हुने निर्णय भएको थियो। सोही आदेशका आधारमा मन्त्रालयले सूचना जारी गरेको हो। अब तोकिएको समयसीमा भित्र दर्ता नगरेमा नेपालका दूरसञ्चार प्रदायकलाई…
Read More
नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल रोकिँदै, एनसेलले सेवाग्राहीलाई जानकारी गरायो

नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल रोकिँदै, एनसेलले सेवाग्राहीलाई जानकारी गरायो

काठमाडौं, भदौ १९ गते । नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन, नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रिस्तरीय बैठकको निर्णयअनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू सञ्चालनमा रोक लगाइने भएको छ। यस सम्बन्धमा एनसेल आजियाता लिमिटेडले जारी गरेको सूचनामा भनिएको छ कि नेपालमा आधिकारिक रूपमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू आगामी दिनमा एनसेलको इन्टरनेट सेवामार्फत प्रयोग गर्न नसकिनेछ। एनसेलले भनेको छ– "यसबाट पर्न जाने असुविधा प्रति हामी क्षमाप्रार्थी छौं। यद्यपि टिकटक र भाइबरलगायत नेपालमा दर्ता भइसकेका सामाजिक सञ्जाल प्लेटफर्महरू भने एनसेलको डाटा सेवामार्फत चलाउन सकिनेछन्।" यसअघि नेपाल सरकार र प्राधिकरणले २०८० सालमै सामाजिक सञ्जाललाई व्यवस्थित गर्ने उद्देश्यले दर्ता…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.