२०८२ मंसिर २०, शनिबार २१:३७
२०८२ मंसिर २०, शनिबार २१:३७
हेटौँडा, मंसिर २० गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) मकवानपुरको ११औं पूर्ण बैठक हेटौंडामा सम्पन्न भएको छ। जिल्ला समितिको नियमित बैठकले संगठन बलियो बनाउनेदेखि राजनीतिक सक्रियता विस्तारसम्मका थुप्रै महत्वपूर्ण निर्णयहरु सार्वजनिक गरेको हो। बैठकमा सहभागी जिल्ला सदस्यहरूले आफ्ना–आफ्ना क्षेत्रगत गतिविधि तथा जिम्मेवारीहरूको विवरण प्रस्तुत गर्दै संगठनात्मक सुदृढिकरण, जनसम्पर्क र स्थानीय मुद्दाहरूबारे सुझाव राखेका थिए। प्रस्तुत रिपोर्ट र छलफलका आधारमा नेकपा (माओवादी) का केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज राम सीले पार्टीलाई अब ‘निर्वाचन क्षेत्र–केन्द्रित’ अभियानतर्फ पार्दै सबै नेता–कार्यकर्तालाई सक्रिय हुन निर्देशन दिए। जिल्ला इन्चार्ज सीले हालै दर्ता गरिएको पार्टीको चुनाव चिन्ह ‘गुलाबको फूल’ प्रतीकात्मक मात्र नभई ‘फूल र काँडा दुवै’…