माओवादी मकवानपुरको ११‍औं पूर्ण बैठक सम्पन्न, संगठन सक्रियतादेखि स्थानीय मुद्दामा आक्रामक भूमिकासम्म निर्णय

हेटौँडा, मंसिर २० गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) मकवानपुरको ११‍औं पूर्ण बैठक हेटौंडामा सम्पन्न भएको छ। जिल्ला समितिको नियमित बैठकले संगठन बलियो बनाउनेदेखि राजनीतिक सक्रियता विस्तारसम्मका थुप्रै महत्वपूर्ण निर्णयहरु सार्वजनिक गरेको हो।

बैठकमा सहभागी जिल्ला सदस्यहरूले आफ्ना–आफ्ना क्षेत्रगत गतिविधि तथा जिम्मेवारीहरूको विवरण प्रस्तुत गर्दै संगठनात्मक सुदृढिकरण, जनसम्पर्क र स्थानीय मुद्दाहरूबारे सुझाव राखेका थिए। प्रस्तुत रिपोर्ट र छलफलका आधारमा नेकपा (माओवादी) का केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज राम सीले पार्टीलाई अब ‘निर्वाचन क्षेत्र–केन्द्रित’ अभियानतर्फ पार्दै सबै नेता–कार्यकर्तालाई सक्रिय हुन निर्देशन दिए।

जिल्ला इन्चार्ज सीले हालै दर्ता गरिएको पार्टीको चुनाव चिन्ह ‘गुलाबको फूल’ प्रतीकात्मक मात्र नभई ‘फूल र काँडा दुवै’ समाहित भएकाले जनतामा द्वन्द्वात्मक भौतिकवादकै सन्देशसहित प्रस्तुत गर्नुपर्ने धारणा व्यक्त गरे। उनले हेटौंडा सडक विस्तार विवाद र सुकुम्बासी अधिकारका मुद्दामा पार्टीले जनतासँगै उभिनुपर्नेमा जोड दिए।

शनिबार बसेको बैठकले संगठनात्मक र राजनीतिक तहमा अन्य निर्णयहरू पनि गरेको जनाएको छ। बैठक जिल्ला सेक्रेटरी पेमा सीको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

माओवादी मकवानपुरको ११‍औं पूर्ण बैठक सम्पन्न, संगठन सक्रियतादेखि स्थानीय मुद्दामा आक्रामक भूमिकासम्म निर्णय

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

माओवादी मकवानपुरको ११‍औं पूर्ण बैठक सम्पन्न, संगठन सक्रियतादेखि स्थानीय मुद्दामा आक्रामक भूमिकासम्म निर्णय

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

माओवादी मकवानपुरको ११‍औं पूर्ण बैठक सम्पन्न, संगठन सक्रियतादेखि स्थानीय मुद्दामा आक्रामक भूमिकासम्म निर्णय

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

माओवादी मकवानपुरको ११‍औं पूर्ण बैठक सम्पन्न, संगठन सक्रियतादेखि स्थानीय मुद्दामा आक्रामक भूमिकासम्म निर्णय

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

माओवादी मकवानपुरको ११‍औं पूर्ण बैठक सम्पन्न, संगठन सक्रियतादेखि स्थानीय मुद्दामा आक्रामक भूमिकासम्म निर्णय

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

माओवादी मकवानपुरको ११‍औं पूर्ण बैठक सम्पन्न, संगठन सक्रियतादेखि स्थानीय मुद्दामा आक्रामक भूमिकासम्म निर्णय

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.