२०८२ माघ १८, आईतवार २३:५७
२०८२ माघ १८, आईतवार २३:५७
हेटौँडा, माघ १८ गते । नेपाल कम्युनिस्ट पार्टी माओवादी मकवानपुरले प्रतिनिधि सभा निर्वाचन लक्षित चुनावी अभियानलाई तीव्र बनाउँदै सोमबार हेटौंडा–१० टिसेन रोडमा उम्मेदवारसँग पत्रकार संवाद कार्यक्रम सम्पन्न गरेको छ। आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई केन्द्रमा राखेर आयोजना गरिएको उक्त कार्यक्रममा मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार महेश नेपाली (आरोह) र क्षेत्र नम्बर २ का उम्मेदवार रामबहादुर घलान (वाटर) सहभागी थिए। कार्यक्रममा दुवै उम्मेदवारले आफ्नो चुनावी एजेण्डा, प्रतिबद्धता र पार्टीको राजनीतिक दृष्टिकोणबारे पत्रकारहरूसँग खुलेर संवाद गरेका थिए। उनीहरूले गुलाफ चिन्ह लिएर घरदैलो अभियान तीव्र रूपमा अगाडि बढिरहेको जानकारी गराउँदै जनतासँग प्रत्यक्ष सम्पर्कमार्फत आफ्ना कार्यक्रम प्रस्तुत गरिरहेको बताए। मकवानपुर…