२०८२ फाल्गुन १५, शुक्रबार २३:३७
२०८२ फाल्गुन १५, शुक्रबार २३:३७
काठमाडौँ, फागुन १५ गते । राजनीतिक विश्लेषक बुद्धछिरिङ मोक्तानले नेपालको समकालीन राजनीतिमाथि गम्भीर प्रश्न उठाउँदै लोकतन्त्रको नाममा भइरहेको शक्ति दुरुपयोग अब धेरै समय लुक्न नसक्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरिएको आफ्नो स्टाटसमा उनले लोकतन्त्रलाई जनताको अधिकार सुनिश्चित गर्ने माध्यमभन्दा पनि सीमित समूहले शक्ति र सम्पत्ति आर्जन गर्ने साधन बनाइँदै लगिएको आरोप लगाएका छन् । उनका अनुसार राजनीतिक घोटालामार्फत सत्ता हात पार्ने र त्यसैलाई व्यक्तिगत लाभको साधन बनाउने प्रवृत्तिले देशलाई संस्थागत रूपमा कमजोर बनाइरहेको छ । अझ खतरनाक पक्ष के छ भने, यस्ता अभ्यासलाई संरचनागत रूपमा सुरक्षित गरिँदा त्यसविरुद्ध उठ्ने आलोचनात्मक आवाज दबाउने प्रयास भइरहेको छ । मोक्तानले…