प्रतिनिधिसभा निर्वाचन २०८२ः नाम होइन, कामको हिसाब माग्ने समय आएको छ – विशालराज महत

हेटौँडा, फागुन १५ गते । आगामी प्रतिनिधिसभा निर्वाचन २०८२ लाई लक्षित गर्दै समाजसेवी तथा सामाजिक अभियान्ता विशाल राज महतले सामाजिक सञ्जालमार्फत सशक्त धारणा सार्वजनिक गरेका छन्।

उनले आजको समाजमा ‘समाजसेवी’, ‘इमान्दार’, ‘कर्मठ’ जस्ता शब्दहरू उपाधिभन्दा पनि व्यापारिक ब्रान्ड जस्तै प्रयोग हुन थालेको प्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। महतका अनुसार बढी ढोंग गर्नेहरू सम्मानित हुने र सत्य बोल्नेहरू एक्लिने प्रवृत्ति बढ्दै गएको छ, जसले समाजमा नैतिकताको वास्तविक अर्थ नै हराउँदै गएको संकेत गर्दछ।

उनले स्टाटसमा लेखेका छन्— “शब्दको हत्या गरेर नैतिकताको नाटक मञ्चन भइरहेको छ। अब समय आएको छ नाम होइन, कामको हिसाब माग्ने।” यस भनाइ मार्फत उनले मतदातालाई मुखले होइन, कर्मले प्रमाणित भएका व्यक्तिहरूलाई मात्र चिन्ने र मूल्यांकन गर्ने चेतना विकास गर्न आग्रह गरेका छन्।

विशाल राज महतले अबको निर्वाचनमा जनताले आशा र भरोसा चिर्न सक्ने, जनताको जीवनस्तर परिवर्तन गर्न सक्ने वास्तविक पात्रको पहिचान गर्ने विश्वास व्यक्त गरेका छन्। उनको यो धारणा सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चा र समर्थन पाउन थालेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

प्रतिनिधिसभा निर्वाचन २०८२ः नाम होइन, कामको हिसाब माग्ने समय आएको छ – विशालराज महत

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

प्रतिनिधिसभा निर्वाचन २०८२ः नाम होइन, कामको हिसाब माग्ने समय आएको छ – विशालराज महत

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

प्रतिनिधिसभा निर्वाचन २०८२ः नाम होइन, कामको हिसाब माग्ने समय आएको छ – विशालराज महत

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

प्रतिनिधिसभा निर्वाचन २०८२ः नाम होइन, कामको हिसाब माग्ने समय आएको छ – विशालराज महत

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

प्रतिनिधिसभा निर्वाचन २०८२ः नाम होइन, कामको हिसाब माग्ने समय आएको छ – विशालराज महत

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

प्रतिनिधिसभा निर्वाचन २०८२ः नाम होइन, कामको हिसाब माग्ने समय आएको छ – विशालराज महत

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.