Day: २०८३ बैशाख ७, सोमबार २३:५५

“मिडिया ट्रायल र प्रायोजित हल्लाबाट डरिँदैनौं” – गृहमन्त्री सुधन गुरुङ

“मिडिया ट्रायल र प्रायोजित हल्लाबाट डरिँदैनौं” – गृहमन्त्री सुधन गुरुङ

काठमाडौं,बैशाख ७ गते । गृहमन्त्री सुधन गुरुङले पछिल्लो समय आफ्नो नाम जोडेर भइरहेका आलोचना र आरोपप्रति कडा प्रतिक्रिया जनाएका छन्। सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको नयाँ भनाइमा उनले राष्ट्रको ढुकुटीमा आँखा लगाउनेहरू नै अहिले त्रसित भएको दाबी गरेका छन्। गृहमन्त्री गुरुङले “वर्षौंदेखि जसले राष्ट्रको ढुकुटीमा रगत पसिना साटेको पैसामा आँखा गाडेका छन्, उनीहरू आज डराएका छन्” भन्दै वर्तमान बहस र आलोचनालाई उनीहरूको ‘छटपटी’को रूपमा व्याख्या गरेका छन्। उनले मिडिया ट्रायल र प्रायोजित हल्लालाई वास्तविक मुद्दाबाट ध्यान भटकाउने प्रयासका रूपमा चित्रण गरेका छन्। उनले भ्रष्टाचारविरुद्धको अभियान कुनै हालतमा नरोकिने र नडगमगाउने स्पष्ट पारे। “कारबाही रोकिँदैन, डगमगाइँदैन,” उनले उल्लेख गरेका छन्। साथै,…
Read More
“२ करोडभन्दा बढी सम्पत्ति खुलाएकाले लुकाउने प्रश्नै उठ्दैन” – गृहमन्त्री सुधन गुरुङको स्पष्टीकरण

“२ करोडभन्दा बढी सम्पत्ति खुलाएकाले लुकाउने प्रश्नै उठ्दैन” – गृहमन्त्री सुधन गुरुङको स्पष्टीकरण

काठमाडौं,बैशाख ७ गते । गृहमन्त्री सुधन गुरुङले आफ्नो नाम जोडेर पछिल्ला दिनमा भइरहेका विभिन्न आरोप र चर्चाप्रति स्पष्टिकरण दिएका छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरिएको लामो वक्तव्यमा उनले आफूविरुद्ध फैलाइएका हल्ला र वास्तविकताबीच फरक रहेको उल्लेख गर्दै तथ्यका आधारमा मूल्याङ्कन गर्न आग्रह गरेका छन्। “२५ लाखको सेयर लुकाइएको” भन्ने आरोपप्रति प्रतिक्रिया दिँदै मन्त्री गुरुङले आफूले धितोपत्र बजारमा कारोबार हुने सेयरहरू अन्तर्गत २ करोडभन्दा बढी लगानी सम्पत्ति विवरणमै खुलाएको बताएका छन्। उनले स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा गरिएको लगानी पनि सोही वर्गमा समेटिएको स्पष्ट पारे। “यो लुकाउने विषय होइन, वर्गीकरणको विषय हो,” उनले भने। मन्त्री गुरुङले आफूले सम्पत्ति लुकाएको…
Read More
दलित महिला सशक्तिकरण विधेयकमा जोड: हेटौंडाकी मेयर मिना कुमारी लामाले समानता र विश्वासको खाँचो औंल्याइन्

दलित महिला सशक्तिकरण विधेयकमा जोड: हेटौंडाकी मेयर मिना कुमारी लामाले समानता र विश्वासको खाँचो औंल्याइन्

हेटौँडा,बैशाख ७ गते । मिना कुमारी लामा, हेटौंडा उपमहानगरपालिकाकी प्रमुखले दलित महिला सशक्तिकरण र समानताको विषय अझै पनि अपूरो रहेको बताएकी छन्। उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै दशकौँदेखि बहस भइरहेको दलित समानता अझै व्यवहारमा लागू हुन नसकेकोमा चिन्ता व्यक्त गरेकी हुन्। उनका अनुसार मानव सभ्यताकै कलंकका रूपमा रहेको छुवाछुत र विभेद अन्त्य गर्न अझै पनि आवश्यक कानुनी व्यवस्था अपुग रहेको छ। यही सन्दर्भमा बागमती प्रदेश दलित सशक्तिकरण विधेयक निर्माणका लागि भएको छलफलमा सहभागी हुँदा बाहिरी रूपमा उत्साह देखिए पनि भित्री रूपमा भने गहिरो दुःख महसुस भएको उनले उल्लेख गरेकी छन्। कार्यक्रम दलित महिला संघ मकवानपुरद्वारा आयोजना…
Read More
गृहमन्त्रीमाथि उठेका आरोपमा निष्पक्ष छानबिनको माग: जेनजी रिभोलुशन नेपालको स्पष्ट अडान

गृहमन्त्रीमाथि उठेका आरोपमा निष्पक्ष छानबिनको माग: जेनजी रिभोलुशन नेपालको स्पष्ट अडान

हेटौँडा,बैशाख ७ गते । जेन जी जन–आन्दोलनको मूल मर्म—सुशासन, संस्थागत सुधार तथा भ्रष्टाचारप्रति शून्य सहनशीलताको सिद्धान्तलाई आत्मसात गर्दै जेन जी रिभोलुशन नेपालले हालै सार्वजनिक भएका संवेदनशील समाचारप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। विभिन्न सञ्चारमाध्यमहरूमा “गृहमन्त्रीज्यूको बिचौलियाहरूसँगको कनेक्सन” सम्बन्धी प्रकाशित सामग्रीप्रति संगठनले चासो व्यक्त गर्दै यस्ता विषयमा सत्य, तथ्य र प्रमाणमा आधारित निष्पक्ष, पारदर्शी र विश्वसनीय छानबिन अपरिहार्य रहेको बताएको छ। यसै सन्दर्भमा जेनजी रिभोलुशन नेपालका प्रबक्ता राहुल कुमार झाले माननीय गृहमन्त्री सुदन गुरुङलाई सम्बोधन गर्दै सम्बन्धित निकायहरूलाई कुनै पनि प्रकारको दबाब, प्रभाव वा हस्तक्षेपविना स्वतन्त्र र प्रभावकारी रूपमा अनुसन्धान प्रक्रिया अघि बढाउन आवश्यक वातावरण सुनिश्चित गर्न आग्रह गरेका छन्। साथै उनले…
Read More
सार्कोमा क्यान्सरसँग जुझिरहेकी ७ वर्षीया मेरिकाका लागि आर्थिक सहयोगको अपील

सार्कोमा क्यान्सरसँग जुझिरहेकी ७ वर्षीया मेरिकाका लागि आर्थिक सहयोगको अपील

काठमाडौं,वैशाख ७ गते । काठमाडौंको कलंकीस्थित खड्गा गाउँकी ७ वर्षीया बालिका मेरिका पुजारी गम्भीर प्रकारको क्यान्सर—सार्कोमाबाट पीडित भएपछि उनको उपचारका लागि आर्थिक सहयोगको अपील गरिएको छ। करिब एक महिनाअघि मात्र उनलाई यो रोग भएको पुष्टि भएको थियो। हाल मेरिका भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत रहेकी छन्। चिकित्सकहरूले लामो समयसम्म निरन्तर उपचार आवश्यक पर्ने बताएका छन्, जसका कारण खर्च पनि उच्च हुँदै गएको परिवारले जनाएको छ। बिरामीका बुवा प्रकाश पुजारीका अनुसार अहिलेसम्मको उपचार खर्च परिवारले आफ्नै स्रोतबाट जुटाएको भए पनि अब भने आर्थिक अवस्था कमजोर हुँदै गएको छ। “हामीले सक्दो प्रयास गरेका छौं, तर अब उपचारलाई निरन्तरता दिन सहयोगको खाँचो परेको छ,”…
Read More
सुन्दर लामाको फेसबुक स्टाटस चर्चामा: हर्क सम्पाङलाई ‘अन्तिम राजनीतिक विकल्प’ भन्दै पुराना नेतासँग तुलना

सुन्दर लामाको फेसबुक स्टाटस चर्चामा: हर्क सम्पाङलाई ‘अन्तिम राजनीतिक विकल्प’ भन्दै पुराना नेतासँग तुलना

हेटौँडा,बैशाख ७ गते । श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सुन्दर लामाले आफ्नो फेसबुक वालमा गरेको एक राजनीतिक टिप्पणी अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। लामाले आफ्नो स्टाटसमा हर्क सम्पाङलाई लक्षित गर्दै उनी पत्रकारहरूले सोध्ने ठाडा प्रश्नहरूलाई पनि सहज रूपमा हाँस्दै जवाफ दिने नेताका रूपमा चित्रण गरेका छन्। उनले यसलाई अन्य राजनीतिक नेताहरूको व्यवहारसँग तुलना गर्दै पुराना दलका शीर्ष नेताहरू—शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ जस्ता बारम्बार प्रधानमन्त्री भइसकेका नेताहरूले भने पत्रकारका प्रश्नहरूमा कहिलेकाहीँ आक्रोश व्यक्त गर्ने गरेको टिप्पणी गरेका छन्। लामाले हर्क सम्पाङलाई अन्य नेताभन्दा फरक शैली भएको व्यक्ति भन्दै उनको व्यवहार र…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.