२०८३ असार २६, शुक्रबार २२:२०
२०८३ असार २६, शुक्रबार २२:२०
काठमाडौं, असार २६ गते । नेपाल पत्रकार महासङ्घले सरकारी सञ्चारमाध्यममा लामो समयदेखि कार्यरत श्रमजीवी पत्रकारहरूलाई निष्कासन गर्ने उद्देश्यले सरकारले पछिल्लो समय अघि बढाएका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासङ्घले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै गोर्खापत्र संस्थानमा करिब २० वर्षदेखि करार सेवामा कार्यरत पत्रकारहरूको करार अवधि असार मसान्तमा सकिन लागेको उल्लेख गर्दै उनीहरूको करार नवीकरण गर्नुको सट्टा नयाँ करार कर्मचारी भर्नाका लागि सूचना प्रकाशित गरिएकोप्रति आपत्ति जनाएको हो। महासङ्घका अनुसार गोर्खापत्र संस्थान सेवा शर्त नियमावली, २०८२ ले करार नियुक्ति गर्दा कार्यविधि बनाएर मात्रै नियुक्ति गर्नुपर्ने व्यवस्था गरेको भए पनि संस्थान प्रशासनले त्यसको पालना नगरी पाँच दिनको मात्र समयसीमा राखेर नयाँ…